एकतप्पा चैत्र २४ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको खेलबाट जित निकाल्दै फुङ्बा एफ सी र टी वाई सी मङ्गलबारे दोस्रो चरणमा प्रवेश गरेका छन्। जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा फलाटे एफ सी लाई सडन डेथमा पराजित गर्दै फुङ्बा एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले दुईदुई गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा पनि दुबै टोलीले पाँच-पाँच गोलको बराबरी खेलेपछि खेलको निर्णय सडन डेथबाट लिएको हो। सडन डेथमा फुङ्बा एफसीले बाजी मार्दै अघिल्लो चरणको यात्रा तय गरेको…

अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ८ जारी प्रथम वडास्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आज भएको अन्तिम क्वाटरफाइनल खेलमा अर्जुनधारा वडा नम्बर ९ लाई ८ विकेटले पराजित गर्दै वडा नम्बर ८ले सेमीफाइनलमा स्थान बनाएको हो। अर्जुनधारा-७ स्थित अर्जुनधारा रङ्गशालामा भएको खेलमा वडा नम्बर ८ले टस हारेर पहिले फिल्डिङ गरेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको ९ नम्बर वडा १५ ओभरमा सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटियो। वडा नम्बर ९ लाई सस्तैमा समेट्न वडा नम्बर ८ का बलर भुवन सन्जेलले तीन ओभरमा ३ विकेट लिएका थिए। उनले जम्मा १३ रन…

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार तथा पूर्व कानूनमन्त्री अग्निप्रसाद खरेलले ०४६ सालपछि मुलुकमा विकास निर्माणमा धेरै नै परिवर्तन आएको बताएका छन् । जनअपेक्षाका सबै कामहरु पुरा नभए पनि धेरै काम भएको बताए । शनिवार झापाको बिर्तामोडमा प्रेस चौतारी नेपाल झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा आफ्नो धारणा प्रस्तुत गर्दै खरेलले विकास निर्माणसँगै सुशासनको क्षेत्रमा व्यापक परिवर्तन भएको बताए । उनले लोकतन्त्र आएपछि र निरंकुशताको बेलाको देशको चित्रमा धेरै भिन्नता रहेको धारणा राखे । नेता खरेलले विगत र वर्तमानको देशको अवस्था तुलना गरेर हेर्न आग्रह गरेका छन् । ‘चैत १५ गते राजावादीहरुको…

एकतप्पा चैत्र २३ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मनोकामना एफसी एकतप्पा र ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेका छन्। जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा जे आर भन्ज्याङलाई ५-० गोल अन्तरले पराजित गर्दै मनोकामना एफसीले विजयी सुरुवात गरेको हो। खेलमा जे आर भन्ज्याङलाई निक्कै दबाबमा राख्दै लगातार गोल गरेर दोस्रो चरणमा मनोकामना एफ सिले आफूलाई सुरक्षित गरेको छ। त्यस्तै आज भएको दोस्रो खेलमा आमचोक बजार इलामलाई २-१ गोल अन्तरले पराजित गर्दै ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेको छ। पहिलो हाफको तेइसौँ मिनेटमा…

अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ४ अर्जुनधारा नगरपालिकामा जारी प्रथम वडा स्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। हिजोको दोस्रो क्वार्टर फाइनल खेलमा वडा नम्बर ३लाई ६४ रनले पराजित गर्दै वडा नम्बर ४ ले सेमिफाइनलमा स्थान बनाएको हो। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा वडा नम्बर ४ ले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो। उसले २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनायो। १४० रनको लक्ष्य पछाएको वडा नम्बर ३ ले जवाफी ब्याटिङमा दरिलो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न पुग्यो। उसले १६ ओभर १ बलमा सबै विकेट गुमाएर ७५ रन मात्रै बनाउन सक्यो…

एकतप्पा चैत्र २२ ।। नयाँ वर्ष २०८२ को पावन अवसरमा पोखरी युथ क्लब फाकफोकथुम ६ इलाम को आयोजनामा संचालन हुने दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ। भोलि चैत २३ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता जानकी माध्यमिक विद्यालयको खेलमैदानमा हुने र प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष टंक गुरुङ ( सुबास )ले जानकारी दिए । फुटबल खेलको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पाँचथर इलामका गरी उत्कृष्ट १६ टिमहरूको सहभागिता रहेको छ। भोलि हुने उद्घाटन खेलमा पहिलो खेल मनकामना एफसी र जिआर भन्ज्याङ बीच हुनेछ…

झापा चैत्र २२ ।। पाँचथरको कुमममयकमा आगोले जलेर एकजनाको मृत्यु भएको छ। कुम्मायक गाउँपालिकाको निजी जंगलमा लागेको लागेको डढेलोमा परेर विहिबार घाँस काट्न गएकी युवतीको मृत्यु भएको हो। बालिकासहित ३ जना गम्भीर घाइते भएका छन्। कुम्याक–३ ताम्राखुका अमर थापा र पदम खड्कालगायतको निजी वनमा लागेको डढेलोमा परेर घाँस दाउरा गएकी कुम्याक–३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। उपचारका क्रममा राति करिब ९ बजे उनको मृत्यु भएको पाँचथर प्रहरीका डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए। तलबाट सल्किएको डढेलोमा ४ जना परेका थिए। कतै…

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो । २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ६१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटि बाहुण्डाँगी रहेका…

झापा। बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले रक्तदान कार्यक्रम आयोजना गरी आफ्नो ३०औँ स्थापना दिवस मनाएको छ।हाल बढ्दै गएको रगत अभावलाई परिपूर्ति गर्नका लागि संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो। सहाराले सामाजिक उत्तरदायित्व बहन गर्दै रगतकै अभावका कारणले गर्दा अकालमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आज स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिए । साहारा नेपाल साकोसको ३० औं स्थापना दिवसको अवसरमा ८१ युनिट रगत संकलन भएको जनाइएको छ। यता सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले हरेक वर्ष स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरिरहेको र आज…

काठमाडौं । आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा रहेकै बेला उनीहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै वार्ताका लागि बोलाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका हुन् । विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् । त्यसका लागि शिक्षक…