इपुर्वी खबर

समाज

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्लाजुङ ४ रविस्थित मिक्लाजुङ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को उपाधि दाबेदार मानिएको मङ्गलबारे क्रिकेट टिमलाई चार विकेटले पराजित गर्दै कुरुम्बा हिल्स राइडरले उपाधिमाथि कब्जा जमाएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको मंगलबारेले  बीस ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कुरुम्बाले  १९.२ ओभरमा  ६ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्दै उपाधि जितेको हो। ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको मङ्गलबारे क्रिकेट टिमले बलिङमा भने त्यति राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि चुम्नबाट वञ्चित भएको…
Read More
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार अलपत्र पुल भएकै स्थानमा पुगेर युवाहरुको समुहले प्ले कार्ड सहित प्रदर्शन गरेको हो । उनीहरुले 'हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल', 'नचाहिने भ्यू टावर भन्दा चाहिने पुल बना सरकार,' 'सरकार ! पूर्ण निर्माण सँगै विकास निर्माण पनि गर' जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् । हुलाकी सडकको यो पुल १४ वर्षदेखि अलपत्र छ । ठेक्का लिएको निर्माण कम्पनीले काम नगर्दा पुल अलपत्र छोडिएको हो । पुल नबन्दा यहाँका स्थानियबासी जोखिम…
Read More
विश्व पर्यटन दिवसको अवसरमा बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विश्व पर्यटन दिवसको अवसरमा बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  बिर्तामोड असोज ११ ।। विश्व पर्यटन दिवस २०२५ काे अवसरमा झापाको बिर्तामोडमा वर्तमान पर्यटन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया सम्पन्न भएको छ । ह्याप्पी ड्रिम्स चेप्टी प्रालीकाे आयाेजना तथा पर्यटन पत्रकार मञ्च झापाकाे संयाेजनमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा पर्यटन क्षेत्रमा धेरै सम्भावना भएतापनि सरकारले चाहेजति लगानी गर्न नसक्दा सोचे अनुरूप फाइदा लिन नसकेको बताइएको थियो। पर्यटन कार्यालय काँकडभिटाको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तथ्याङ्क हेर्दा तेस्रो मुलुकबाट नेपाल भित्रिने  पर्यटकको सङ्ख्या दोब्बरले वृद्धि भएको छ।   आर्थिक वर्ष २०८०/0८१ मा ९,७६१ जना पर्यटक नेपाल भित्रिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा नेपालभित्रने पर्यटकमा १३,६७८ जना रहेकाे पर्यटन कार्यालय…
Read More
तीर्थ सिग्देलको ‘त्यो झापा’ भदौ दोस्रो साता बजारमा आउने

तीर्थ सिग्देलको ‘त्यो झापा’ भदौ दोस्रो साता बजारमा आउने

  बिर्तामोड भाद्र २ ।। समग्र झापाको इतिहास समेटिएको त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार नामक पुस्तक प्रकाशनमा आउने भएको छ । झापाका पत्रकार एवम् लेखक तीर्थ सिग्देलको आठौं कृतिको रुपमा भदौं दोस्रो सातादेखि यो किताब बजारमा आउन लागेको हो ।किताबमा झापा जिल्ला गठन भएयताको इतिहास समेटिएको र त्यस कालखण्डको जनजीवन, भोगाई र संघर्षका घटनाहरु समावेश गरिएको लेखक सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकमा १९७२ सालमा मोरंग जिल्लाबाट झापा बनेपछिको यो जिल्लाको इतिहास संकलन गरिएको छ भने औलोको प्रकोप, बसाइँसराई र भूमिसुधारसँग सम्बन्धित घटनाहरुका जीवित पात्रहरुका बयान गराइएको छ ।इतिहास बिधाको लेखकको यो तेस्रो पुस्तक हो । यसअघि…
Read More
शिक्षा विधेयक प्रति प्याब्सनको असहमति,देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा

शिक्षा विधेयक प्रति प्याब्सनको असहमति,देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा

झापा।।  सरकारले ल्याएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।प्याब्सन केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारले ल्याएको विधेयकमा निजी विद्यालयहरुका मागहरु सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । सरकारले ल्याएको शिक्षा विधेयकले निजी विद्यालयमाथि अनावश्यक कडाइ गरेको भन्दै देशव्यापी रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले २९ गते बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्याब्सनको केन्द्रीय कार्य समितिको निर्णयलाई ऐकेवद्धता जनाउँदै प्याब्सन झापाले समेत आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।…
Read More
एकीकृत समाजवादी झापाले खुल्ला टिकटक तथा वक्तृत्वकला प्रतियोगिता गर्ने

एकीकृत समाजवादी झापाले खुल्ला टिकटक तथा वक्तृत्वकला प्रतियोगिता गर्ने

  बिर्तामोड साउन २१ ।। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक तथा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । बुधबार एसको बिर्तामोड पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेको सो विषयमा जानकारी दिएको हो । ‘सुशासन र रोजगारी समाजवादको तयारी ’विषयमा टिकटक प्रतियोगिता गर्ने भएको हो । टिकटकमा सहभागीहरूले ३ मिनेटसम्मको भिडियो उत्पादन गरी यही साउन २५ गतेदेखि आगामी भदौ १ गते विहान १० बजेसम्म पार्टीले तोकेको मोवाइल नम्बरमा भिडियो पठाउनु पर्ने छ । पार्टीका जिल्ला अध्यक्ष विपी भट्टराईलेको खुल्ला प्रतियोगिता भएकाले जुनसुकै उमेर समूहका व्यक्तिले भाग लिन पाउने बताए । पार्टीले एप्रुभ गरी भदौ १ गते आफ्नो पेजमा अपलोड गरेपछि…
Read More
शुक्रबारदेखि हराइरहेका दुई बालबालिका खोलामा मृत अवस्थामा फेला

शुक्रबारदेखि हराइरहेका दुई बालबालिका खोलामा मृत अवस्थामा फेला

  झापा साउन १९ ।। पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुस्थित बिरुवा गाउँमा गत शुक्रबारदेखि बेपत्ता भएका दुई बालबालिकाको शव खोलामा मृत अवस्थामा फेला परेको छ। बुधबार बिहान ६ वर्षीया नमुना राई र उनका दाजु ९ वर्षीय शिशिर राईको शव बिरुवा खोलामा फेला परेको इलाका प्रहरी कार्यालय च्याङथापुका प्रमुख भीम थेवेले जानकारी दिए। स्थानीयवासीले बिहान नमुनाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजी गर्ने क्रममा उनका दाजु शिशिरको शव पनि सोही खोलामा करिब २०० मिटर तल फेला परेको हो। प्रहरीका अनुसार बालबालिका नजिकैको खोलाको दहमा पौडी खेल्न गएका बेला खोलाले बगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा बाटोबाट किताबहरू छरिएको…
Read More
कालिञ्चोक मेनपावरको शाखा कार्यालय अब बिर्तामोडमा

कालिञ्चोक मेनपावरको शाखा कार्यालय अब बिर्तामोडमा

  बिर्तामोड साउन १८।। काठमाडौँमा रहेर वैदेशिक रोजगारीको लागि भरपर्दो र विश्वासिलो काम गर्दै आएको कालिञ्चोक मेनपावरको शाखा कार्यालय झापाको बिर्तामोडबाट सञ्चालनमा आएको छ। बिर्तामोड नगरपालिका वडा नं १ पश्चिम बस स्टेन नजिकै राजगढ बस स्टेनमा कार्यालय रहेर  कालिञ्चोक मेनपावरको शाखा सञ्चालनमा आएको हो । आज आइतबार विधिवत रूपमा मेनपावर कार्यालयको शाखा उद्घाटन गरिएको छ । कम्पनीका सहायक निर्देशक स्वेच्छिक कार्कीले रिबन काटेर शाखा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघ झापाका प्रथम उपाध्यक्ष राजन सिलवाल, महासचिव नीरकुमार खत्री, सचिव राजेन्द्र पौडेललगायतले शुभकामना दिएका थिए । काठमाडौँ तथा झापामा रहेर लामो समय वैदेशिक रोजगार व्यवसायको अनुभव बटुलेका…
Read More
झापामा जिल्ला स्तरीय सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शन सम्पन्न

झापामा जिल्ला स्तरीय सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शन सम्पन्न

  झापा साउन १८ ।। ‘भाषा, कला र संस्कृतिको ज्ञान, नेवाः जातिको साझा पहिचान’ भन्ने मुख्यः श्लोग्नसहित मेचीनगर—६ काँकरभिट्टा झापामा  दोस्रो जिल्ला स्तरीय सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शन सम्पन्न भएको छ नेवाः खल पुच झापाले आयोजना गरेको उक्र कार्यक्रमको सह—आयोजक तथा व्यवस्थापन नेवाः समाज समिति मेचीनगर –६ काँकरभिट्टाले गरेको थियो कार्यक्रम नेवा समाज समिति मेचीनगर –६ काँकरभिट्टाका अध्यक्ष कमल गुभाजुको अध्यक्षता तथा नेवाः जागरण मञ्च संस्थापक सदस्य, पूर्व महासचिव नेवाः फिल्म एसोसिएसन अध्यक्ष तथा नेवाः सम्पदा संस्कृतिकर्मी रत्न महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सवै जातजातिका चाडपर्वहरूको अभिलेख राख्नुपर्ने र…
Read More
किसानलाई समर्थन मूल्य प्रदान

किसानलाई समर्थन मूल्य प्रदान

  बिर्तामोड, १६ साउन : बिर्तामोड नगरपालिकाले २४ जना कृषकहरुलाई आज समर्थन मूल्य रकम हस्तान्तरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले १२ लाख ८१ हजार ८ सय ८७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको हो । समर्थन मूल्य प्राप्त गर्ने कृषकहरु मध्ये सबै भन्दा थोरै २ सय ८ रुपैयाँ प्राप्त गर्ने वडा नम्बर ७ का रविन बराल र सबै भन्दा धेरै ५ लाख ३४ हजार ५ सय ११ रुपैयाँ प्राप्त गर्ने वडा नम्बर ७ कै प्रदिप खनाल रहनु भएको छ । समर्थन मूल्यको भुक्तानी कार्यविधि माघ १५ गते बसेको कार्यपालिका बैठकबाट पास…
Read More