काठमाण्डाै।। विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष २०८२/८३ मा २ दशमलव १ प्रतिशत र त्यसपछिको वर्ष २०८३/८४ मा ४ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो । भर्खरै भएको जेनजी आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै विश्व बैंकले आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको प्रतिवेदनमा उल्लेख छ । बैंकले यसअघि चालू आर्थिक वर्षमा ५ दशमलव २ र त्यसपछिको वर्षमा ५ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हुने आँकलन गरेको थियो तर पछिल्लो घटनाक्रमपछि त्यसलाई घटाएको…

झापा ।। केही दिन अगाडी बाट नियमित रुपमा पानी परेर देशका धेरै ठाउँमा बाढीपहिरो र डुबान भएका कारण पानी बाट फैलिने रोगको जोखिम उच्च हुने भएका कारण त्यसकुरामा सतर्कता अपनाउन आवश्यक देखिएको छ। बाढीपहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने भएका र झाडा–पखाला, हैजा, आउँ, टाइफाइड, जन्डिसजस्ता गम्भीर रोगहरू फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन खानेपानी तथा ढल व्यवस्थापन विभागले अनुरोध गरिएको छ । विभागले देशका विभिन्न ठाउँहरुमा रहेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्ज, जनकपुर, विराटनगरका साथै खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घलाई परिपत्र पठाएर सचेतना अभियान सञ्चालन…

झापा।। मनसुनी वायुको प्रभाव बिस्तारै कमजोर हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ‘बुलेटिन अनुसार गण्डकी, लुम्बिनी ,कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राती कोशी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ तर लुम्बिनी…

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध (पितृपक्ष) आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ । पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु…

झापा।। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा को रुपमा लिएर जानेमा जेनजीहरूमाझ सहमति जुटेको छ। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्। कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी भएको छ। दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन्।उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेका हुन्।यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ।

झापा।। सरकारले ल्याएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।प्याब्सन केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारले ल्याएको विधेयकमा निजी विद्यालयहरुका मागहरु सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । सरकारले ल्याएको शिक्षा विधेयकले निजी विद्यालयमाथि अनावश्यक कडाइ गरेको भन्दै देशव्यापी रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले २९ गते बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्याब्सनको केन्द्रीय कार्य समितिको निर्णयलाई ऐकेवद्धता जनाउँदै प्याब्सन झापाले समेत आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।…

झापा, साउन १८।। झापा जिल्लाभरका श्रीकृष्ण प्रणामी समुदायसँग आबद्ध व्यवसायीहरूको साझा संस्था प्रणामी व्यवसायी संघ नेपाल, झापा जिल्ला कार्य समिति गठन गरिएको छ। कनकाई नगरपालिका–४ स्थित श्री कृष्ण प्रणामी मन्दिर माईधाममा सम्पन्न भेलाबाट युवा व्यवसायी टहल दास ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। कार्यक्रम श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको समन्वयमा तथा प्रणामी व्यवसायी संघ नेपालको सहभागितामा सम्पन्न भएको छ। कार्यक्रममा झापा जिल्लाभरिका श्रीकृष्ण प्रणामी व्यवसायीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।कार्यक्रमको संयोजन सत्संग सेवा परिषद झापाका सदस्य दिनोज बजगाईले गरेका थिए भने अध्यक्षता परिषदका अध्यक्ष विष्णु प्रसाईंले गरेका थिए। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सह–कोषाध्यक्ष अर्जुन वाग्ले प्रमुख अतिथ्यतामा…

काठमाण्डौ – घरपरिवारबाट टाढा बसेर खाडीका बिभिन्न देशमा पसिना बगाएर आर्जन गरेको रकम रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई रहेको छ । उनले यूएई , कतारमा लगाएत मध्यपूर्वी देशहरूमा वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीले वार्षिक रूपमा झन्डै साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने खाडी देशमा कार्यरत श्रमिकलाई सम्मान गर्ने वातावरण राज्यले बनाउनुपर्नेमा जोड दिएका हुन। ओमानमा रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा घिसिङले श्रमको सम्मान गर्ने वातावरण नबनेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने उल्लेख गरे । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल…

झापा।।आज नेप्से परिसूचक २५.८९ अङ्कले बढेर २ हजार ७ सय ३१विन्दुमा पुगेको छ ।हिजोको कारोबार हेर्दा ७ अर्ब ४५ करोडको भएकोमा आज ३ सय १२ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएका कारण बढेको देखिएको हो । आज सबै समूहको शेयर बढेकोमा बैंकिङ समूहको शेयर ३ प्रतिशतले उकालो लागेको छ भने जलविद्युत्, व्यापार समुह को कारोबार त्यति चित्तबुझ्दो भएन। माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको शेयर १ दशमलव १२ प्रतिशतले बढेको छ ।समग्रमा बजार बढेको दिन कर्पाेरेट विकास बैंकको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।आज…

भारतको पश्चिमी शहर अहमदाबादमा बिहीबार लन्डनका लागि उडेको यात्रुवाहक विमान दुर्घटना भएको थियो । उक्त विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ। लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएकोमा दुर्घटनास्थलमा एक जना जीवित फेला परेका छन् । भारतीय समाचार संस्थाका अनुसार विमानको ११-ए सीटमा बसेका यात्रु जीवितै भेटिएका हुन् । घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘‘हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ । हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो…