इपुर्वी खबर

आज विजयादशमी टीकाको साइत बिहान ११:५३ मा

 

झापा ।। आज असोज १६ गते विहीवार,  बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन विजया दशमी टिका लगाउने दिन

यो वर्ष आज असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा बडादशैँको टीकाको उत्तम साइत रहेको छ ।नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो ।

यस वर्षको बडादशैँ गत असोज ६ गते‌ घटस्थापनाको दिनदेखि प्रारम्भ भएको हो । यो वर्ष गत असोज १३ गते सोमवार फूलपाती, असोज १४ गते मंगलवार महाअष्टमी ‌तथा कालरात्रि परेको थियो । असोज १५ गते बुधवार महानवमी तथा आज असोज १६ गते बिहीबार दशमी मनाइँदै छ ।

आजबाट आफन्त तथा अग्रज व्यक्तित्वहरूबाट टिका र जमरा ग्रहण गरी आशीर्वाद लिने चलन रहिआएको छ

त्यस्तै अबको चार दिनपछि असोज २० गते सोमवार कोजाग्रत पूर्णिमा परेको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...