पाँचथर असोज २२ ।। तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ ।
पाँचथरको मिक्लाजुङ स्थित मिक्लाजुङ क्रिकेट एसोसिएसनको आयोजनामा आयोजित प्रिमियर लिग गाउँपालिकाको केन्द्र रविबजार स्थित मिक्लाजुङ क्रिकेट मैदानमा असोज २५ गतेदेखि असोज २८ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा फिदिम क्रिकेट क्लब, पारुहाङ क्रिकेट टिम ,मङ्गलबारे क्रिकेट टिम, इलाम क्रिकेट एकाडेमी फर युथ ,याक्खेवा क्रिकेट टिम, सप्तमी क्रिकेट टिम, कुरुम्बा क्रिकेट टिम र रवि कर्मचारी क्रिकेट टिम गरी कुल आठवटा टिमहरूको सहभागिता रहेको छ
असोज २८ गते हुने फाइनल विजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै उपविजेता हुने टिमले नगद २५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगद र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण गेम अफ नेपाल र पाँचथर रवि फेसबुक पेजबाट हेर्न सक्नुहुनेछ।