इपुर्वी खबर

प्रदेश १

टहलदास ओलीको अध्यक्षतामा प्रणामी व्यवसायी संघ नेपाल झापा जिल्ला कार्यसमिति गठन

टहलदास ओलीको अध्यक्षतामा प्रणामी व्यवसायी संघ नेपाल झापा जिल्ला कार्यसमिति गठन

झापा, साउन १८।। झापा जिल्लाभरका श्रीकृष्ण प्रणामी समुदायसँग आबद्ध व्यवसायीहरूको साझा संस्था प्रणामी व्यवसायी संघ नेपाल, झापा जिल्ला कार्य समिति गठन गरिएको छ। कनकाई नगरपालिका–४ स्थित श्री कृष्ण प्रणामी मन्दिर माईधाममा सम्पन्न भेलाबाट युवा व्यवसायी टहल दास ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। कार्यक्रम श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको समन्वयमा तथा प्रणामी व्यवसायी संघ नेपालको सहभागितामा सम्पन्न भएको छ। कार्यक्रममा झापा जिल्लाभरिका श्रीकृष्ण प्रणामी व्यवसायीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।कार्यक्रमको संयोजन सत्संग सेवा परिषद झापाका सदस्य दिनोज बजगाईले गरेका थिए भने अध्यक्षता परिषदका अध्यक्ष विष्णु प्रसाईंले गरेका थिए। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सह–कोषाध्यक्ष अर्जुन वाग्ले प्रमुख अतिथ्यतामा…
Read More
वर्षा गराउने प्रणाली देशका बिभिन्न ठाउँ हुदै कोशी सम्म आइपुग्यो…

वर्षा गराउने प्रणाली देशका बिभिन्न ठाउँ हुदै कोशी सम्म आइपुग्यो…

झापा।। हाल वर्षा गराउने प्रणाली कर्णाली, लुम्बिनी, गण्डकी, बागमती हुँदै कोशी प्रदेशसम्म आइपुगेको छ। हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा गराउने प्रणाली कर्णाली लगायत बिभिन्न ठाउँ हुदै कोशी प्रदेशसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो। बिभागका अनुसार बितेको २४ घन्टामा वर्षा मापन भएका १ सय ८१ केन्द्रमध्ये सबैभन्दा बढी झापाको अनारमनी बिर्ता केन्द्रमा ७६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यसैगरी मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार अहिले गण्डकी प्रदेशभन्दा पूर्वतर्फ धेरै ठाउँमा पानी परिरहेको छ । गण्डकीबाट पश्चिमतर्फ भने वर्षा रोकिन थालेको छ । ललितपुरको गोदावरीमा ३ घण्टामै ५६ मिलिमिटरभन्दा धेरै पानी परेको…
Read More
कोशी पर्यटन वर्षको सबै तयारी पूरा

कोशी पर्यटन वर्षको सबै तयारी पूरा

कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभर मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ । तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गरिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । प्रदेश सरकारले भारतबाट आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी उनीहरु सवार सवारीसाधनमा ‘स्टिकर’ टाँस्ने व्यवस्था गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अगुवाइमा त्यस्तो व्यवस्था भएको जनाइएको छ । पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ ।
Read More
प्रथम वडा स्तरीय क्रिकेटमा आज अर्जुनधारा ८ सेमिफाइनल प्रवेश

प्रथम वडा स्तरीय क्रिकेटमा आज अर्जुनधारा ८ सेमिफाइनल प्रवेश

अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ८ जारी प्रथम वडास्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आज भएको अन्तिम क्वाटरफाइनल खेलमा अर्जुनधारा वडा नम्बर ९ लाई ८ विकेटले पराजित गर्दै वडा नम्बर ८ले सेमीफाइनलमा स्थान बनाएको हो। अर्जुनधारा-७ स्थित अर्जुनधारा रङ्गशालामा भएको खेलमा वडा नम्बर ८ले टस हारेर पहिले फिल्डिङ गरेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको ९ नम्बर वडा १५ ओभरमा सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटियो। वडा नम्बर ९ लाई सस्तैमा समेट्न वडा नम्बर ८ का बलर भुवन सन्जेलले तीन ओभरमा ३ विकेट लिएका थिए। उनले जम्मा १३ रन…
Read More
लिम्बु समुदायले आज धुमधामले नयाँ वर्ष मनाए

लिम्बु समुदायले आज धुमधामले नयाँ वर्ष मनाए

  झापा माघ ०१ ।।    माघे संक्रान्तीको दिन आज   लिम्बु समुदायले  धुमधामले नयाँ वर्ष मनाएका छन । यो समुदायले माघे संक्रान्तीको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन । किराँत नयाँ वर्षलाई किराँत समुदाय अन्तरगतका लिम्बूहरुले कुसङ यले तङबे र राईले यले दङ भन्ने गर्छन । यस्तै सुनुवार र याक्खाले पनि माघ १ गतेकै दिन नयाँ वर्ष मनाँउछन ।माघे संक्रान्तीसँगै किराँती पात्रोमा सम्वत फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका किराँतीहरुले किराँत नयाँ वर्ष धुमधाम साथ मनाउने गरेका हुन । किरात नयाँ वर्ष पाँचथर,तेहथुम,ताप्लेजुङ,इलाम,झापा,धनकुटा लगायतका जिल्लामा भव्यता पूर्वक मनाइन्छ । यस्तै किराँत लिम्बूहरु सघन…
Read More
प्रभु बैंक बिर्तामोडका एक कर्मचारीका कारण ग्राहककाे बचत जोखिममा।

प्रभु बैंक बिर्तामोडका एक कर्मचारीका कारण ग्राहककाे बचत जोखिममा।

बिर्तामोड ।झापामा एक बैंकका कर्मचारीका कारण बचतकर्ताले बचत गरेको लाखौं रूपया जोखिममा परेको छ। कुरा हो बिर्तामोड नगरपालिका –७ स्थित नेपाल चोककी मञ्जुकुमारी नेपालले बैंकमा बचत गरेको रकम को। उनले बिर्तामोडस्थित प्रभु बैंकमा जम्मा गरेको रकम बराबरको पैसा निकाल्न जाँदा बैंकको खातामा नरहेको खुलेसँगै उनको पैसा जोखिममा परेको हो । प्रभु बैंकका मार्केटिङ अफिसर प्रमोद सिटौलाले बैंकमा रकम जम्मा गर्ने भन्दै नेपालबाट रकम लगेको खुलेको छ । सिटौलाले पटकपटक रकम जम्मा भएको भौचरहरु दिए पनि सिष्टम बिग्रिएको भन्दै मोबाइलमा म्यासेज नआउन गरेको बताउने गरेका थिए । मार्केटिङ अफिसर सिटौलाले बैंकमा जम्मा भएका स्टेटमेन्टहरु दिए पनि बैंकमा बुझ्न जाँदा जम्मा दुई…
Read More
काेशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

काेशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

  विराटनगर– काेशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सामेल मन्त्रीहरूले शुक्रबार दिउँसो मुख्यमन्त्री हिम्मत कार्कीलाई राजीनामा बुझाएका छन् । यससँगै माओवादी केन्द्र अब प्रतिपक्ष बनेको छ। केन्द्रमा नयाँ गठबन्धन बनेर सबैतिर विपक्षमा धकेलिए पनि माओवादी कोशी सरकारमा बसिरहेको थियो । कोशी सरकारमा बस्ने राजनीतिक र नैतिक आधार गुमाइसकेर पनि सरकारमा बसिरहेको भन्दै माओवादी भित्रैबाट चर्को असन्तोष थियो । केन्द्रमा नयाँ गठबन्धन बनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल सत्ताच्यूत बनिसक्दा पनि कोशी सरकारमा अझै बसिरहने लोभ देखाएका माओवादी मन्त्रीहरूले ‘आफूले बनाएको सरकार किन छाड्नु’ भन्दै सान्त्वना दिने गरेका थिए । गत वैशाख २७ मा बनेको कार्की नेतृत्वको…
Read More
भेडेटारमा स्काईवाक सञ्चालन

भेडेटारमा स्काईवाक सञ्चालन

  धनकुटा साउन ११— पर्यटकीय स्थल भेडेटारमा निर्माण भएको स्काईवाक आजदेखि सञ्चालनमा आएको छ । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो। वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँको लगानीमा स्काईवाक निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए । धनकुटा र सुनसरीको सीमास्थलमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको हब मानिन्छ । स्काईवाक सञ्चालनबाट त्यस स्थानको थप आकर्षण बढ्ने दाबी गरिएको छ । परियोजना सञ्चालनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको जनाइएको छ । ५० मिटर लम्बाइ रहेको स्काईवाक क्यान्टिलिभर टावरको मोडलमा…
Read More
फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति

फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति

  ताप्लेजुङ साउन ४॥ ताप्लेजुङ जिल्लाको  फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति पुर्‍याएको छ। गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । अविरल वर्षासँगै राति २ बजे गएको पहिराले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए। गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ ।  पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए।  अध्यक्ष लिम्बूले भने, ‘सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो ।’ …
Read More
किराँत समुदायले आज सिसेक्पा तङ्नाम पर्व  मनाउँदै

किराँत समुदायले आज सिसेक्पा तङ्नाम पर्व  मनाउँदै

  पाँचथर साउन १॥ किराँत समुदायले आज सिसेक्पा तङ्नाम पर्व  मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराँत समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ । पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किरातीहररू सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजंगलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) संकलन गरी ल्याउने गर्दछन् । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने परम्परा रहिआएको याक्थुङ चुम्लुङका अध्यक्ष इन्दिरा मेन्याङबोले जानकारी दिइन् । उनका अनुसार सबै…
Read More