पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा हिल्स राइडरले जितेको छ। मिक्लाजुङ ४ रविस्थित मिक्लाजुङ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को उपाधि दाबेदार मानिएको मङ्गलबारे क्रिकेट टिमलाई चार विकेटले पराजित गर्दै कुरुम्बा हिल्स राइडरले उपाधिमाथि कब्जा जमाएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको मंगलबारेले बीस ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कुरुम्बाले १९.२ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्दै उपाधि जितेको हो। ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको मङ्गलबारे क्रिकेट टिमले बलिङमा भने त्यति राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि चुम्नबाट वञ्चित भएको…

पाँचथर असोज २२ ।। तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाजुङ स्थित मिक्लाजुङ क्रिकेट एसोसिएसनको आयोजनामा आयोजित प्रिमियर लिग गाउँपालिकाको केन्द्र रविबजार स्थित मिक्लाजुङ क्रिकेट मैदानमा असोज २५ गतेदेखि असोज २८ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा फिदिम क्रिकेट क्लब, पारुहाङ क्रिकेट टिम ,मङ्गलबारे क्रिकेट टिम, इलाम क्रिकेट एकाडेमी फर युथ ,याक्खेवा क्रिकेट टिम, सप्तमी क्रिकेट टिम, कुरुम्बा क्रिकेट टिम र रवि कर्मचारी क्रिकेट टिम गरी कुल आठवटा टिमहरूको सहभागिता रहेको छ असोज २८ गते हुने फाइनल विजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै…

पाँचथर असोज ५ ।। फाल्गुनन्द गाउँपालिका–३, पौवा सारतापस्थित फाल्गुनन्द ग्रीन पिस क्लबको १७औँ साधारण सभा तथा ७औँ अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले धन नेम्वाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा श्रीहाङ नेम्बाङ ,सचिव गोपाल घिमिरे, सहसचिव दिलकुमार नेम्बाङ र कोषाध्यक्षमा प्रेमराज नेम्बाङ सर्वसम्मत चयन भएका छन्। सदस्यहरूमा प्रेमराज नेम्बाङ, पदमराज नेम्बाङ, टेकनाथ चम्लागाईं ,रोजनी नेम्बाङ, मावा तामाङ सनप्रसाद परियार र सूर्य खतिवडा चयन भएका छन् २०५७ सालमा स्थापना भएको क्लबले स्थापनाकालदेखि नै विविध कार्यक्रम गर्दै आएको छ। केही समय पदाधिकारीविहीन अवस्थामा रहेको क्लबले नयाँ कार्यसमिति पाएसँगै अब विविध कार्यक्रम गर्दै क्लबको छविलाई माथि पुर्याउने नवनिर्वाचित…

झापा भाद्र १८ ।। ईस्ट इन्टरकलेज टि - ट्वान्टी क्रिकेट प्रतियोगिता २०२५ को उपाधि विराटनगरको महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पसले हात पारेको छ। भद्रपुर स्थित मेची मल्टिपल क्याम्पसको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को उपाधि दावेदार मानिएको आयोजक मेचि मल्टिपल कलेज भद्रपुर झापालाई हराउँदै महेन्द्र मोरङले उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मोरङले २० ओभरको समाप्तिमा १३६ रन जोड्न सफल भएको थियो। १३७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको मेचीले सोचे अनुरूपको प्रदर्शन गर्न नसक्दा उपाधि महेन्द्र मोरङलाई सुम्पिएको हो। जितको लक्ष्य सहित मैदान प्रवेश गरेको मेचीका लागि बलरहरू क्रिजमा टिक्न नसक्दा सस्तैमा समेटिएको हो।…

झापा भाद्र १३ ।। झापाको अर्जुनधारामा अर्जुनधारा राष्ट्रिय महिला भलिबल लिग प्रतियोगिता हुने भएको छ। लक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता २०८२असोज ६ गतेदेखि ११ गतेसम्म अर्जुनधारा ६ स्थित लक्ष्मी माविको खेलमैदानमा हुनेछ लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमहरु नेपाल एपीएफ, नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लब ,कोशी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र न्यु डाइमण्ड भलिबल क्लब को सहभागिता रहनेछ प्रतियोगिता आयोजना गर्न विभिन्न समिति तथा उपसमिति निर्माण गरी काम सुरु गरिएको छ। प्रभा काम्बाङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा रोशन डाँगी, फडेन्द्र सिग्देल, कृष्ण खड्का, मिलन लिम्बु ,जीवन लिङ्देन, जीवन खनाल ,विराज सुवेदी ,सुशील…

बिर्तामोड ।।अर्जुनधारा नगरपालिका वडा नम्बर ९ घोलधापमा दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अर्जुनधारा ९ स्थित नमुना सामुदायिक वनको खेलमैदानमा २०८२ भदौ २७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुनेछ। गोलधाप युवा क्लबको आयोजनामा हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । सो कार्यक्रममा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता तथा अर्जुनधारा नगर खेलकुद विकास समितिका सल्लाहकार वीरबहादुर राईको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगिताको फाइनल असोज ६ गते सम्पन्न हुनेछ । विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३१ हजारसहित ट्रफी, मेडल र…

बिर्तामोड ।। झापाको दुधेमा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवशताक्षी नगरपालिका ११ मा अवस्थित प्रस्तावित दुधे रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ। झापामा पुरुष फुटबलका गतिविधिहरू धेरै हुने गरेपनि महिला फुटबल प्रतियोगिता आयोजना नभइरहेको अवस्थामा झापा जिल्लालाई महिला फुटबलको पनि हबको रुपमा विकसित गराउन झापा महिला गोल्डकप आयोजना गर्न आयोजक टिम लागिपरेको आयोजक समितिका संयोजक सन्तोष थोप्रा लिम्बुले जानकारी दिए। प्रतियोगितामा आयोजक टीम सहित त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिम यस्तै भारत, भुटान बाट एकएकवटा…

बिर्तामोड जेठ ४ ।। झापाको बिर्तामोडमा सञ्चालित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नं ३ ले जितेको छ। आज भएको फाइनल खेलमा अर्को उपाधि दावेदार मानिएको टिम बिर्तामोड नगरपालिका वडा नं ६ लाई सोझो सेटमा पराजित गर्दै वडा नम्बर ३ ले उपाधिमाथि कब्जा जमाएको हो। पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ लाई ३-० को सोझो सेटमा पराजित गर्दै वडा नम्बर ३ ले फाइनल यात्रा तय गरेको थियो भने वडा नं ७ लाई सोझो सेटमा नै पराजित गर्दै वार्ड नम्बर ६ ले फाइनलमा वडा नम्बर ३ सँगको भेट पक्का गरेको हो। फाइनलमा वडा नम्बर ३ ले वडा नम्बर ६…

बिर्तामोड जेठ ३ ।। झापाको बिर्तामोडमा आजबाट सुरु भएको वडास्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बिर्तामोड वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा सञ्चालित प्रतियोगिताबाट वडा नम्बर ३ , ४ , ६ र ७ सेमिफाइनलमा प्रवेश गरेका छन्। वार्ड नं ३ ले वडा नम्बर १ लाई सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो। त्यस्तै वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ४ सेमिफाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर १० लाई पराजित गर्दै वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै वडा नम्बर ६ ले वडा नम्बर २…

बिर्तामोड जेठ १ ।। झापाको बिर्तामोडमा वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। बिर्तामोड वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा आगामी जेठ ३ र ४ गते बिर्तामोड ९ स्थित दुर्गा माविको खेल मैदान प्रतियोगिता आयोजन गर्न लागिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो। प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वडाका १० टिमको सहभागिता रहने वडा खेलकूद विकास समितिका अध्यक्ष विश्वदीप राजवंशीले जानकारी दिए। बिर्तामोड नगरपालिकामा रहेका खेलाडीहरूको प्रतिभा उजागर गर्न र युवामा खेलप्रतिको आकर्षण बढाउनु तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी सद्भाव तथा सहकार्य विस्तार गर्ने उद्देश्यले खेलको आयोजना गरिएको राजवंशीले बताए…