बिर्तामोड जेठ ३ ।। झापाको बिर्तामोडमा आजबाट सुरु भएको वडास्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
बिर्तामोड वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा सञ्चालित प्रतियोगिताबाट वडा नम्बर ३ , ४ , ६ र ७ सेमिफाइनलमा प्रवेश गरेका छन्।
वार्ड नं ३ ले वडा नम्बर १ लाई सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो। त्यस्तै वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ४ सेमिफाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर १० लाई पराजित गर्दै वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै वडा नम्बर ६ ले वडा नम्बर २ लाई तेस्रो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ

बिर्तामोड नगरपालिकामा रहेका खेलाडीहरूको प्रतिभा उजागर गर्न र युवामा खेलप्रतिको आकर्षण बढाउनु तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी सद्भाव तथा सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको हो
दुई दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु.३१ हजार र उपविजेताले नगद रु.२१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत सर्वोत्कृष्ट सर्भर, सर्वोत्कृष्ट स्पाइकर, सर्वोत्कृष्ट ब्लकर, सर्वोत्कृष्ट सेटर हुने खेलाडीले नगद र ट्रफी प्राप्त गर्नेछन्।
यो खेलको प्रत्यक्ष प्रसारण गेम अफ नेपाल को आधिकारिक फेसबुक पेज र झापा अनलाइन टिभीमा हेर्न सक्नुहुनेछ।