इपुर्वी खबर

झापाको दुधेमा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला गोल्डकप आयोजना हुँदै

 

बिर्तामोड ।।  झापाको दुधेमा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवशताक्षी नगरपालिका ११ मा अवस्थित प्रस्तावित दुधे रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ।

झापामा पुरुष फुटबलका गतिविधिहरू धेरै हुने गरेपनि महिला फुटबल प्रतियोगिता आयोजना नभइरहेको अवस्थामा झापा जिल्लालाई महिला फुटबलको पनि हबको रुपमा विकसित गराउन झापा महिला गोल्डकप आयोजना गर्न आयोजक टिम लागिपरेको आयोजक समितिका संयोजक सन्तोष थोप्रा लिम्बुले जानकारी दिए।

प्रतियोगितामा आयोजक टीम सहित त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिम यस्तै भारत, भुटान बाट एकएकवटा टिम तथा बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

झापा महिला गोल्डकपको विजेताले नेपालमा अहिलेसम्मकै सर्वाधिक राशि नगत रु १० लाख रुपैयाँ पुरस्कार पाउनेगरी आयोजक टिमले तयारी गरिरहेको छ । त्यस्तै, विधागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैयाँ लाग्ने आयोजक समितिका अध्यक्ष सन्तोष थोप्रा लिम्बुले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...