बिर्तामोड ।। झापाको दुधेमा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवशताक्षी नगरपालिका ११ मा अवस्थित प्रस्तावित दुधे रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ। झापामा पुरुष फुटबलका गतिविधिहरू धेरै हुने गरेपनि महिला फुटबल प्रतियोगिता आयोजना नभइरहेको अवस्थामा झापा जिल्लालाई महिला फुटबलको पनि हबको रुपमा विकसित गराउन झापा महिला गोल्डकप आयोजना गर्न आयोजक टिम लागिपरेको आयोजक समितिका संयोजक सन्तोष थोप्रा लिम्बुले जानकारी दिए। प्रतियोगितामा आयोजक टीम सहित त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिम यस्तै भारत, भुटान बाट एकएकवटा…