इपुर्वी खबर

समाचार

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्लाजुङ ४ रविस्थित मिक्लाजुङ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को उपाधि दाबेदार मानिएको मङ्गलबारे क्रिकेट टिमलाई चार विकेटले पराजित गर्दै कुरुम्बा हिल्स राइडरले उपाधिमाथि कब्जा जमाएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको मंगलबारेले  बीस ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कुरुम्बाले  १९.२ ओभरमा  ६ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्दै उपाधि जितेको हो। ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको मङ्गलबारे क्रिकेट टिमले बलिङमा भने त्यति राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि चुम्नबाट वञ्चित भएको…
Read More
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाजुङ स्थित मिक्लाजुङ क्रिकेट एसोसिएसनको आयोजनामा आयोजित प्रिमियर लिग  गाउँपालिकाको केन्द्र रविबजार स्थित मिक्लाजुङ क्रिकेट मैदानमा असोज २५ गतेदेखि असोज २८ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा फिदिम क्रिकेट क्लब, पारुहाङ क्रिकेट टिम ,मङ्गलबारे क्रिकेट टिम, इलाम क्रिकेट एकाडेमी फर युथ ,याक्खेवा क्रिकेट टिम, सप्तमी क्रिकेट टिम, कुरुम्बा क्रिकेट टिम र रवि कर्मचारी क्रिकेट टिम गरी कुल आठवटा टिमहरूको सहभागिता रहेको छ असोज २८ गते हुने फाइनल विजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै…
Read More
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार अलपत्र पुल भएकै स्थानमा पुगेर युवाहरुको समुहले प्ले कार्ड सहित प्रदर्शन गरेको हो । उनीहरुले 'हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल', 'नचाहिने भ्यू टावर भन्दा चाहिने पुल बना सरकार,' 'सरकार ! पूर्ण निर्माण सँगै विकास निर्माण पनि गर' जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् । हुलाकी सडकको यो पुल १४ वर्षदेखि अलपत्र छ । ठेक्का लिएको निर्माण कम्पनीले काम नगर्दा पुल अलपत्र छोडिएको हो । पुल नबन्दा यहाँका स्थानियबासी जोखिम…
Read More
निरन्तरको वर्षा संगै पानी बाट फैलने रोगको जोखिम उच्च हुने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन अनुरोध

निरन्तरको वर्षा संगै पानी बाट फैलने रोगको जोखिम उच्च हुने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन अनुरोध

झापा ।। केही दिन अगाडी बाट नियमित रुपमा पानी परेर देशका धेरै ठाउँमा बाढीपहिरो र डुबान भएका कारण पानी बाट फैलिने रोगको जोखिम उच्च हुने भएका कारण त्यसकुरामा सतर्कता अपनाउन आवश्यक देखिएको छ। बाढीपहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने भएका र झाडा–पखाला, हैजा, आउँ, टाइफाइड, जन्डिसजस्ता गम्भीर रोगहरू फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन खानेपानी तथा ढल व्यवस्थापन विभागले अनुरोध गरिएको छ । विभागले देशका विभिन्न ठाउँहरुमा रहेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्ज, जनकपुर, विराटनगरका साथै खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घलाई परिपत्र पठाएर सचेतना अभियान सञ्चालन…
Read More
आजबाट मनसुनी वायुको प्रभाव कमजोर हुँदै

आजबाट मनसुनी वायुको प्रभाव कमजोर हुँदै

झापा।। मनसुनी वायुको प्रभाव बिस्तारै कमजोर हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ‘बुलेटिन अनुसार गण्डकी, लुम्बिनी ,कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राती कोशी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ तर लुम्बिनी…
Read More
आज विजयादशमी टीकाको साइत बिहान ११:५३ मा

आज विजयादशमी टीकाको साइत बिहान ११:५३ मा

  झापा ।। आज असोज १६ गते विहीवार,  बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन विजया दशमी टिका लगाउने दिन यो वर्ष आज असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा बडादशैँको टीकाको उत्तम साइत रहेको छ ।नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो । यस वर्षको बडादशैँ गत असोज ६ गते‌ घटस्थापनाको दिनदेखि प्रारम्भ भएको हो । यो वर्ष गत असोज १३ गते सोमवार फूलपाती, असोज १४ गते मंगलवार महाअष्टमी ‌तथा कालरात्रि परेको थियो । असोज १५ गते बुधवार महानवमी तथा आज असोज १६ गते बिहीबार दशमी मनाइँदै छ । आजबाट आफन्त तथा अग्रज व्यक्तित्वहरूबाट टिका…
Read More
दशैको सातौं दिन आज घर घर मा फूलपाती भित्राइँदै

दशैको सातौं दिन आज घर घर मा फूलपाती भित्राइँदै

  झापा ।। दशैको सातौं दिन आज सप्तमी  दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए। “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी,…
Read More
विश्व पर्यटन दिवसको अवसरमा बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विश्व पर्यटन दिवसको अवसरमा बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  बिर्तामोड असोज ११ ।। विश्व पर्यटन दिवस २०२५ काे अवसरमा झापाको बिर्तामोडमा वर्तमान पर्यटन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया सम्पन्न भएको छ । ह्याप्पी ड्रिम्स चेप्टी प्रालीकाे आयाेजना तथा पर्यटन पत्रकार मञ्च झापाकाे संयाेजनमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा पर्यटन क्षेत्रमा धेरै सम्भावना भएतापनि सरकारले चाहेजति लगानी गर्न नसक्दा सोचे अनुरूप फाइदा लिन नसकेको बताइएको थियो। पर्यटन कार्यालय काँकडभिटाको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तथ्याङ्क हेर्दा तेस्रो मुलुकबाट नेपाल भित्रिने  पर्यटकको सङ्ख्या दोब्बरले वृद्धि भएको छ।   आर्थिक वर्ष २०८०/0८१ मा ९,७६१ जना पर्यटक नेपाल भित्रिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा नेपालभित्रने पर्यटकमा १३,६७८ जना रहेकाे पर्यटन कार्यालय…
Read More
बिर्तामोडको प्रहरी भवन बनाउन झापा गोल्डकपको एक लाख सहयोग

बिर्तामोडको प्रहरी भवन बनाउन झापा गोल्डकपको एक लाख सहयोग

  बिर्तामोड, असोज ९ । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि झापा गोल्डकपले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । आज बसेको गोल्डकप कार्यसमितिको बैठकले प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सहयोग रकम हस्तान्तरण गरिएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए । भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका कारण ध्वस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी पुनर्निर्माणका लागि रकम सहयोग गरिएको हो । स्थानीय युवाहरूको अगुवाइमा पुनर्निर्माणका लागि काम सुरु गरेसँगै सहयोग रकम जुट्न थालेको छ । पुनर्निर्माण समितिका संयोजक रमेश…
Read More
डा. झा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा

डा. झा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा

 झापा असोज ८ ।।  काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. सुदन झा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा सूचीकृत भएका छन् । हालै स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरद्वारा प्रकाशित सूचीमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence), इन्टरनेट अफ थिङ्ग्स (IoT), गहिरो शिक्षण (Deep Learning) र सम्बन्धित क्षेत्रमा उनले गरेको योगदानलाई अन्तर्राष्ट्रिय मान्यता दिँदै उनी अटाएका हुन् । यो सूचीलाई वैज्ञानिक क्षेत्रमा सबैभन्दा विश्वसनीय र कठोर मापदण्डमा आधारित विश्वव्यापी मूल्याङ्कन मानिन्छ। संसारभरका लाखौं अनुसन्धानकर्ताको डाटा संकलन गरी उनीहरूको कार्यको प्रभावकारिता (impact) जाँचिन्छ । डा. झाको यो उपलब्धिले नेपालमा बसेर पनि विश्वस्तरीय अनुसन्धान सम्भव रहेको, नेपाली युवालाई विज्ञान र प्रविधिको क्षेत्रमा करियर बनाउन प्रोत्साहित…
Read More