इपुर्वी खबर

डा. झा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा

 झापा असोज ८ ।।  काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. सुदन झा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा सूचीकृत भएका छन् ।

हालै स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरद्वारा प्रकाशित सूचीमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence), इन्टरनेट अफ थिङ्ग्स (IoT), गहिरो शिक्षण (Deep Learning) र सम्बन्धित क्षेत्रमा उनले गरेको योगदानलाई अन्तर्राष्ट्रिय मान्यता दिँदै उनी अटाएका हुन् ।

यो सूचीलाई वैज्ञानिक क्षेत्रमा सबैभन्दा विश्वसनीय र कठोर मापदण्डमा आधारित विश्वव्यापी मूल्याङ्कन मानिन्छ। संसारभरका लाखौं अनुसन्धानकर्ताको डाटा संकलन गरी उनीहरूको कार्यको प्रभावकारिता (impact) जाँचिन्छ ।

डा. झाको यो उपलब्धिले नेपालमा बसेर पनि विश्वस्तरीय अनुसन्धान सम्भव रहेको, नेपाली युवालाई विज्ञान र प्रविधिको क्षेत्रमा करियर बनाउन प्रोत्साहित गरेको साथै सरकारी तहमा वैज्ञानिक निर्णयहरूमा विज्ञ परामर्श लिन सहज हुने विश्वास गरिएको छ ।

२३ वर्षभन्दा बढी अध्यापन, अनुसन्धानसम्बन्धी अनुभव बोकेका डा. सयभन्दा बढी SCI/SCIE अनुक्रमित शोधपत्र प्रकाशित गरेका छन् । त्यस्तै १० वटा पुस्तक लेखेका वा सम्पादन गरेका छन्, भने, ३ वटा पेटेन्ट उनको नाममा दर्ता छन् ।

उनी भन्छन्, ‘यो उपलब्धि मात्रै मेरो होइन, यो मेरा सबै सहयोगी, विद्यार्थी, सहलग्न संस्था र परिवारको साझा उपलब्धि हो । नेपालमै रहेर अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गर्न सकिन्छ भन्ने कुरा यसले प्रमाणित गर्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...