झापा।। मनसुनी वायुको प्रभाव बिस्तारै कमजोर हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ‘बुलेटिन अनुसार गण्डकी, लुम्बिनी ,कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राती कोशी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ तर लुम्बिनी…

झापा असोज ८ ।। काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. सुदन झा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा सूचीकृत भएका छन् । हालै स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरद्वारा प्रकाशित सूचीमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence), इन्टरनेट अफ थिङ्ग्स (IoT), गहिरो शिक्षण (Deep Learning) र सम्बन्धित क्षेत्रमा उनले गरेको योगदानलाई अन्तर्राष्ट्रिय मान्यता दिँदै उनी अटाएका हुन् । यो सूचीलाई वैज्ञानिक क्षेत्रमा सबैभन्दा विश्वसनीय र कठोर मापदण्डमा आधारित विश्वव्यापी मूल्याङ्कन मानिन्छ। संसारभरका लाखौं अनुसन्धानकर्ताको डाटा संकलन गरी उनीहरूको कार्यको प्रभावकारिता (impact) जाँचिन्छ । डा. झाको यो उपलब्धिले नेपालमा बसेर पनि विश्वस्तरीय अनुसन्धान सम्भव रहेको, नेपाली युवालाई विज्ञान र प्रविधिको क्षेत्रमा करियर बनाउन प्रोत्साहित…

बिर्तामोड असार २५।। कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापाको समन्वयमा सञ्चालित १५ दिवसीय सीप अभिवृद्धि तालिम समापन भएको छ । असार ८ गतेबाट झापाको बिर्तामोड स्थित प्रथम आइटी कलेजको सभा हलमा सञ्चालित तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै औपचारिकरुपमा तालिम समापन गरिएको हो । आजको आवश्यकता, व्यवसायिक उच्च दक्षता भन्ने नारा दिएर हेल्भेटास नेपाल इन्स्योर परियोजनाको लगानीमा सहकारी संस्थाहरु, सहकारी पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा आइटी सेक्टरमा कार्यरत कर्मचारीहरुलाई ६० घण्टे तालिम दिइएको हो । बिर्तामोडस्थित प्रथम आईटी सिस्टम प्रालि र प्रयास प्रारम्भले तालिमको आयोजना गरेका थिए । तालिममा ४५ जना हाराहारीको सहभागिता थियो । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख…

बिर्तामोड, झापा असार १३।। आर्टिफिसियल इन्टेलिजेन्स (AI) विषयक अन्तर्राष्ट्रिय सम्मेलन ‘इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (ICRTAI 2025)’ को सम्पूर्ण तयारी पूरा भएको छ। नेपालमै पहिलोपटक हुन लागेको यो सम्मेलन आगामी असार १४ र १५ गते झापाको बिर्तामोडमा हुने छ। कार्यक्रम नुमा डिजिटल फर्मको आयोजनामा र मेची बहुमुखी क्याम्पस, भद्रपुरको सह–आयोजनामा आयोजना हुँदैछ। नुमा डिजिटल फर्मका चिफ युयुत्शु बञ्जाराले सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन्। सम्मेलनमा नेपालसहित अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स र भारतका एआई विज्ञ तथा प्राध्यापकहरू सहभागी हुने छन्। उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी अनुसन्धान पत्र (रिसर्च पेपर) प्रस्तुत गर्नेछन्। कार्यक्रम संयोजक तथा मेची क्याम्पसका आईटी विभाग प्रमुख…

बिर्तामोड असार ५ ।। इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (आईसीआरटीएआई २०२५) अन्तर्राष्ट्रिय सम्मेलन आगामी असार १४ र १५ झापाको बिर्तामोडमा हुने भएको छ । नेपालको प्रविधि इतिहासमा नयाँ अध्याय शुरु हुँदै गर्दा नुमा डिजिटल फर्मको आयोजना तथा मेची बहुमुखी क्याम्पस भद्रपुर झापाको सहआयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनका संयोजक तथा मेची बहुमुखी क्याम्पसका आईटी विभाग प्रमुख सुनिल शर्माका अनुसार कार्यक्रममा नेपालका साथै अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स्, र भारतका प्राध्यापक तथा विषय विज्ञहरूले रिसर्च पेपर प्रस्तुत गर्नेछन् । शर्माका अनुसार आईसीआरटीएआई २०२५ केवल प्रविधि प्रदर्शन गर्ने मञ्च होइन। यो सम्मेलनले नीति निर्माण, सार्वजनिक संवाद र…

कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा सम्पन्न भएको छ बिर्तामोड स्थित देवी माविमा सम्पन्न दर्शनीमा बुद्धशान्ति गाउँपालिका वडा नं २ जयपुरको आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । आदर्शका कक्षा ८ मा अध्ययनरत विद्यार्थी अनिश शाहले तयार पारेको ‘अटोमेटिक भोल्टेज कन्ट्रोलर सर्किट’ ले प्रथम स्थान हासिल गरेको हो । उनले नगद चार लाख रुपैयाँ पुरस्कार पाए । प्रदर्शनीमा उनले बनाएको सो सर्किटले धेरै विद्यार्थीलाई झुम्याएको पनि थियो । उनले युट्युब हेरेर सर्किट बनाएको बताएका छन् । उनलाई कक्षा ११ का विज्ञान शिक्षक शिव ढुङ्गेलले सर्किट बनाउन सहयोग गरेका थिए । त्यस्तै, प्रतियोगितामा देवी मावि बिर्तामोड दोस्रो भएको…

काठमाडौं।। आजको समय बिज्ञान र प्रविधिको हो। समय अनुसार ठुला साना बिभिन्न सामग्री हरूको बिकास भईरहेको छ। समय अनुसार सोहि सामग्रीहरूको प्रयोग गरि आफ्नो दैनिकी चलाइरहेको पाइन्छ जस्ले गर्दा हरेक काम सहजै सम्पन्न भएको पनी पाइन्छ। यसै समयमा बिकास भएको एक यन्त्र हो स्मार्ट फोन।पछिल्लो समय स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग नै बनिसकेको छ । बालबालिकादेखि वृद्धसम्म सबैजना स्मार्टफोन चलाउँछन् । भर्खरै गरिएको एक अनुसन्धानका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने देखिएको छ । अहिले स्मार्टफोनले हाम्रो जीवनलाई निकै सहज बनाइदिएको छ । स्मार्टफोनको प्रयोग गरी घरमै बसेर संसारको जुनसुकै ठाउँमा कुरा गर्नेदेखि पैसाको कारोबार र अध्ययन…

कम्प्युटर विज्ञान अन्तर्गत पर्ने एक क्षेत्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेको मानिसको दिमागले जस्तै सोच्न सक्ने गरी तिब्र गतिमा बिकास हुदै गएको छ।अझ सजिलो संग बुझ्न यसको काम गर्ने तरिका बुझ्न जरूरी हुन्छ । यो सिस्टम आफैं चल्दैन, यसमा डेटा अर्थात् सूचना तथा तथ्याङ्क हाल्नुपर्छ, जसको एक खालको तथ्याङ्कको स्रोत हुन्छ । अनि एआई सिस्टमले त्यसलाई प्रशोधन गर्छ । सुरुमा तालिम दिएको तरिकाबाट मोडेल बनाउँछ र डेटाको हिसाबले परिणाम दिन्छ, अन्तरक्रिया गर्छ वा मानव दिमागको नक्कल गर्छ । यसमा काम गर्नको लागि मुख्य चार प्रक्रियाको आवश्यकता पर्छ, मसिन लर्निङ, न्युरल नेटवर्क, डेटा तथा डेटा प्रोसेसिङ र एल्गोरिदम । यसको प्रयोग मानिसले…

नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ। राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ।

इलाम असार २१ ।। अर्गानिक मल उत्पादनलाई बढाउन इलाम नगरपालिकाले किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण गरेको छ। इलाम नगरपालिका –१, साखेजुङका किसानलाई नगरपालिकाले मल बनाउने मेशिन प्रदान गरेको हो। कोशी प्रदेश सरकारको २५ लाख रुपियाँको अनुदानमा आएको मेशिन स्थानीय लेकाली कृषि सहकारी संस्थालाई इलाम नगरपालिका प्रमुख केदार थापाले हस्तान्तरण गरेका हुन । अर्गानिक मल बनाउने योजनाबाट स्थानीय एक हजार घरधुरी लाभान्वित हुने बताइएको छ । संस्थालाई अनुदान प्राप्त भएको तीन रोपनी जग्गामा स्थापना गरिएको मल बनाउने योजनामा किसानको पनि ६ लाख २५ हजार रुपियाँ लागत साझेदारी रहेको संस्थाका अध्यक्ष धनमाया डाँगीले बताईन । आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा…