इपुर्वी खबर

Breaking News 2

निरन्तरको वर्षा संगै पानी बाट फैलने रोगको जोखिम उच्च हुने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन अनुरोध

निरन्तरको वर्षा संगै पानी बाट फैलने रोगको जोखिम उच्च हुने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन अनुरोध

झापा ।। केही दिन अगाडी बाट नियमित रुपमा पानी परेर देशका धेरै ठाउँमा बाढीपहिरो र डुबान भएका कारण पानी बाट फैलिने रोगको जोखिम उच्च हुने भएका कारण त्यसकुरामा सतर्कता अपनाउन आवश्यक देखिएको छ। बाढीपहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने भएका र झाडा–पखाला, हैजा, आउँ, टाइफाइड, जन्डिसजस्ता गम्भीर रोगहरू फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन खानेपानी तथा ढल व्यवस्थापन विभागले अनुरोध गरिएको छ । विभागले देशका विभिन्न ठाउँहरुमा रहेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्ज, जनकपुर, विराटनगरका साथै खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घलाई परिपत्र पठाएर सचेतना अभियान सञ्चालन…
Read More
हमास द्वारा विपिन सहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक

हमास द्वारा विपिन सहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक

इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहरी केन्द्रलाई ध्वस्त पार्दै आफ्नो कब्जामा लिने प्रयास जारी राखेको बेला हमासले गाजामा रहेका ४८ जना बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। जसमा नेपाली युवा विपिन जोशीको पनि तस्बिर छ। हमासको सशस्त्र समूह ‘कसम ब्रिगेड’ले शनिबार अनलाइनमा एउटा संयुक्त तस्बिर सार्वजनिक गरेको हो। उक्त तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको अलजजिराले जनाएको छ। प्रत्येक तस्बिरमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान रोन अरादको सन्दर्भ दिँदै ‘रोन अराद’ लेखिएको छ।अरादको लडाकु विमानमा बम विस्फोट भएपछि उनलाई पहिले अमाल आन्दोलन र पछि हिजबुल्लाहले नियन्त्रणमा लिएको थियो। उनको मृत्यु भएको विश्वास गरिए पनि…
Read More
विमान दुर्घटना थप अपडेट…….

विमान दुर्घटना थप अपडेट…….

दुई सय ४२ यात्रु बोकेर लन्डनका लागि उडेको बोइङ ७८७ ड्रिमलाइनर विमान उडान भरेको केहीबेरमै विस्फोट भएको थियो। एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१ ले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटपछि १:४० बजे विमानस्थल नजिकै दुर्घटनाग्रस्त भयो। विमान विमानस्थल परिसरसँगै रहेको एयर कस्टम कार्गो अफिस नजिकै खसेको थियो। प्रारम्भिक रिपोर्टका अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ। हालसम्म प्राप्त जानकारी अनुसार, टेकअफका क्रममा विमान विमानस्थलको पर्खालमा ठोक्किएर आगो लागेको थियो। यद्यपि, दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ।
Read More
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

झापा । झापाको कमल गाउँपालिका ३ सानो केर्खामा हिजो भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । हिजो साँझ ७ः५५ बजे सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा प्र.१-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकलमा घर विदा पूरा गरी व्यारेकतर्फ जादैगर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका जनाइएको छ। दुर्घटनामा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका ४ बस्ने हाल इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत ४८ वर्षीय पुरनलाल राजंवशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा राति ९ बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले…
Read More
काश्मीरको बिभिन्न स्थानमा हवाई आक्रमण

काश्मीरको बिभिन्न स्थानमा हवाई आक्रमण

नयाँ दिल्ली।। भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका नौ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमणमा भएको जनाएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न स्थानमा आक्रमण भएको दाबी गरेको छ। यो हवाई आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायले पनि प्रतिक्रिया जनाइसकेका छन्। अमेरिकी विदेशमन्त्री मार्क रुबियोले घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ। अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन्। संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन्। पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको…
Read More
सरकारी नीतिहरूका कारण व्यवसाय गम्भीर सङ्कटमा परेको भन्दै नेपाल औषधि व्यवसायी सङ्घको चिन्ता…. 

सरकारी नीतिहरूका कारण व्यवसाय गम्भीर सङ्कटमा परेको भन्दै नेपाल औषधि व्यवसायी सङ्घको चिन्ता…. 

काठमाडौं।। नेपाल औषधि व्यवसायी सङ्घले सरकारी नीतिहरूका कारण औषधि व्यवसाय गम्भीर सङ्कटमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले औषधि आपूर्ति तथा वितरण प्रणाली अव्यवस्थित भएको र यसले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने चेतावनी दिएको हो। सङ्घका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अत्यावश्यक औषधिहरूको खरिद र व्यवस्थापनमा देखिएको अव्यवस्था, ढिलासुस्ती र निर्णय प्रक्रियाको अस्पष्टताले औषधि व्यवसायीहरू समस्यामा परेका छन्। औषधि आपूर्ति तथा वितरणको जिम्मेवारी प्रदेश सरकार र स्वास्थ्य बीमा बोर्डमार्फत गरिँदै आएको भए पनि पूर्वतयारी विना सञ्चालन गर्दा औषधिको सहज उपलब्धता रोकिएको सङ्घले जनाएको छ। सङ्घले सरकारको ुरिर्जभ एन्टीयोटिकु का सम्बन्धी नयाँ नियमले समस्या…
Read More
वैशाख १२ गते गएको विनाशकारी भूकम्प सम्झनामा आज विभिन्न कार्यक्रम गरीयो

वैशाख १२ गते गएको विनाशकारी भूकम्प सम्झनामा आज विभिन्न कार्यक्रम गरीयो

काठमाण्डाै।। आज बैशाख १२ गते। २०७२ साल वैशाख १२ गते हामिले कहिले विर्शन नसकिने दिन को रूपमा आएको थियो अर्थात् २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो।सोहि दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको कारण जनधनको ठूलो क्षति गरेको थियो । यसै दिनको स्मृतिमा आज विभिन्न कार्यक्रम गरिएको छ । आज ‘सुरक्षित पूर्वाधार निर्माण गराैँ, भूकम्पबाट जोगिऔँ’ भन्ने सन्देशसहित देशभर कार्यक्रम भएको हो । उता ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा र्‍याल सहित कार्यक्रम गरेर १०औं भूकम्प स्मृति दिवस मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका…
Read More
आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाण्डौ – आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई खुवाइने भएको हो । त्यस्तै एक वर्षदेखि पाँच वर्षसम्मका झन्डै १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको छ । त्यस्तै बालबालिकामा कुपोषणको परीक्षण गरिनेछ भने बालभिटासमेत दिइनेछ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा झन्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदैछन् । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट शुरू भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि…
Read More
अर्जुनधारामा नगर उप–प्रमुख प्रदेश स्तरीय खुल्ला कप ब्याडमिण्टन प्रतियोगिता हुने

अर्जुनधारामा नगर उप–प्रमुख प्रदेश स्तरीय खुल्ला कप ब्याडमिण्टन प्रतियोगिता हुने

अर्जुनधारा ।। अर्जुनधारामा नगर उप-प्रमुख प्रदेश स्तरीय खुल्ला कप ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । नगर खेलकूद विकास समितिको आयोजनामा आगामी बैशाख १३, १४ र १५ गते तीन दिने कोशी प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने भएको हो । नगर खेलकूद विकास समितिले शुक्रवार नगरको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बिषयमा जानकारी दिएको हो । ‘नगर खेलकुदको पहिचान नगरको शान, खेलाडीहरुको क्षमता बलतामा वृद्धि विकास गर्ने हाम्रो अभियान’ भन्ने नारालाई सार्थक बनाउन नगर खेलकुद विकास समितिले प्रतियोयगाताको आयोजना गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए । कोशी प्रदेश क्षेत्रभरि रहेका जनप्रतिनिधीहरु कर्मचारीहरु युवा तथा रिटाएर्ड जीवन बिताइरहेका…
Read More
वर्षा गराउने प्रणाली देशका बिभिन्न ठाउँ हुदै कोशी सम्म आइपुग्यो…

वर्षा गराउने प्रणाली देशका बिभिन्न ठाउँ हुदै कोशी सम्म आइपुग्यो…

झापा।। हाल वर्षा गराउने प्रणाली कर्णाली, लुम्बिनी, गण्डकी, बागमती हुँदै कोशी प्रदेशसम्म आइपुगेको छ। हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा गराउने प्रणाली कर्णाली लगायत बिभिन्न ठाउँ हुदै कोशी प्रदेशसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो। बिभागका अनुसार बितेको २४ घन्टामा वर्षा मापन भएका १ सय ८१ केन्द्रमध्ये सबैभन्दा बढी झापाको अनारमनी बिर्ता केन्द्रमा ७६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यसैगरी मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार अहिले गण्डकी प्रदेशभन्दा पूर्वतर्फ धेरै ठाउँमा पानी परिरहेको छ । गण्डकीबाट पश्चिमतर्फ भने वर्षा रोकिन थालेको छ । ललितपुरको गोदावरीमा ३ घण्टामै ५६ मिलिमिटरभन्दा धेरै पानी परेको…
Read More