झापा । झापाको कमल गाउँपालिका ३ सानो केर्खामा हिजो भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ ।
हिजो साँझ ७ः५५ बजे सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा प्र.१-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकलमा घर विदा पूरा गरी व्यारेकतर्फ जादैगर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका जनाइएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका ४ बस्ने हाल इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत ४८ वर्षीय पुरनलाल राजंवशी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा राति ९ बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।