इपुर्वी खबर

दुर्घटना

इलाममा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते

इलाममा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते

  इलाम, १२ असोज । इलामको सूर्योदय नगरपालिका–६ हर्कटेस्थित मेचीराजमार्गमा सोमबार बिहान करिब ८ बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश ०२–००७ प ८८६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०३–००१ प ४८५१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। दुर्घटनामा इलाम रोङ गाउँपालिका–३ का २६ वर्षीय विजय तामाङ (४८५१ नम्बरका चालक) दाहिने हात र पेटमा चोट लागी प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ। उनीसँगै रहेका झापा गौरदह नगरपालिका–७ का २० वर्षीय सन्दीप सिटौलाको अनुहारमा चोट लागी मनमोहन अस्पतालमै पठाइएको…
Read More
पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

  बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्विमिङ पुलमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ। शुक्रबार साँझ बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्विमिङ पुलमा मृत फेला परेको भनी पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई खबर गरेका थिए। मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न शुक्रबार दिउँसो पार्कमा पुगेका थिए । पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको उनले बताएका छन् घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
Read More
सिमलताल घटनाको एक वर्ष

सिमलताल घटनाको एक वर्ष

काठमाडौं।।सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु एक वर्ष पुग्दा पनि भेटिएका छैनन् । गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरो सँगै त्रिशूलीमा खसेका थिए। बसमा सवार यात्रुमध्ये ३९ जना अझै बेपत्ता छन् ।नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए ।तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन्…
Read More
भारतमा औषधि फ्याक्ट्रीमा आगलागी ३४ जनाको मृत्यु

भारतमा औषधि फ्याक्ट्रीमा आगलागी ३४ जनाको मृत्यु

एजेन्सी ।। भारतको तेलंगाना राज्यको संगारेड्डी जिल्लास्थित पासामईलरम औद्योगिक क्षेत्रको सिगाची केमिकल्स फ्याक्ट्रीमा भएको र आगलागीमा परी  कम्तीमा ३४ जनाको ज्यान गएको छ। सूचना अधिकारीका  अनुसार घटनामा हालसम्म ३५ जना घाइते भएका छन् र तिनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।  २४ जना अझै हराइरहेका जनाउँदै खोजी कार्य जारी रहेको जानकारी दिएको छ। घटनास्थलबाट ५७ जनालाई सुरक्षित उद्धार गरिएको छ। ज्यान गुमाउनेमध्ये चार जनाको पहिचान भइसकेको छ। बाँकीको पहिचानका लागि प्रयास भइरहेको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'तेलंगानाको संगारेड्डीमा फ्याक्ट्रीमा आगलागी हुँदा मानिसहरूको मृत्यु भएको खबरले म अत्यन्त दुःखी छु। पीडित…
Read More
निर्माणाधीन बेलिब्रिज भाँचिँदा घाइते तीन मजदुरको उपचारको क्रममा मृत्यु

निर्माणाधीन बेलिब्रिज भाँचिँदा घाइते तीन मजदुरको उपचारको क्रममा मृत्यु

  पाँचथर । मेचि राजमार्गअन्तर्गत फिदिम र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन मोडुलर पुल (बेलिब्रिज) भाँचिँदा गम्भीर घाइते भएका ६ जना मजदुरहरूमध्ये उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीका अनुसार आइतबार राति नोबल मेडिकल कलेज, विराटनगरमा उपचाररत ३ कामदारको ज्यान गएको हो। मृत्यु हुनेमा बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रुपलाल चौधरी,  राजा चौधरी,  राकेश चौधरी, रहेका छन् शनिबार पुल निर्माणको क्रममा बारीपारी जोड्ने बेलामा पुल अचानक भाँचिँदा उनीहरू गम्भीर घाइते भएका थिए। पाँचथरमै प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि उनीहरूलाई बिराटनगरस्थित नोबल अस्पताल रिफर गरिएको थियो। हाल मृतक तीनै जनाको शव…
Read More
विमान दुर्घटना थप अपडेट…….

विमान दुर्घटना थप अपडेट…….

दुई सय ४२ यात्रु बोकेर लन्डनका लागि उडेको बोइङ ७८७ ड्रिमलाइनर विमान उडान भरेको केहीबेरमै विस्फोट भएको थियो। एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१ ले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटपछि १:४० बजे विमानस्थल नजिकै दुर्घटनाग्रस्त भयो। विमान विमानस्थल परिसरसँगै रहेको एयर कस्टम कार्गो अफिस नजिकै खसेको थियो। प्रारम्भिक रिपोर्टका अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ। हालसम्म प्राप्त जानकारी अनुसार, टेकअफका क्रममा विमान विमानस्थलको पर्खालमा ठोक्किएर आगो लागेको थियो। यद्यपि, दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ।
Read More
एअर इन्डियाको विमान दुर्घटना

एअर इन्डियाको विमान दुर्घटना

काठमाडौं– भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमान दुर्घटनास्त क्षेत्रको आकाशमा कालो धुँवा उडिरहेको छ । अहमदाबाद विमानस्थलबाट उडान भरेलगत्तै विमान दुर्घटनमा परेको बताइएको छ । दुर्घटनाबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । यसअघि पनि एअर इन्डियाका पाँच विमानहरू दुर्घटनामा परेका थिए । ती दुर्घटनामा सयौँ नागरिकको ज्यान गएको थियो । यस अघी सन् १९७८ जनवरी १ मा मुम्बई नजिकै अरब सागरमा एयर इन्डियाको बोइङ७४७ फ्लाइट ८५५ दुर्घटनाग्रस्त भएको थियो । उडान भरेको केही मिनेटमै भएको उक्त दुर्घटनामा ‘इन्स्ट्रुमेन्ट फेल्योर’ र पायलटको गल्तीकाभनिएको थियो । यो विमान दुर्घटनामा २१३ यात्री…
Read More
हात्ती छेक्न लगाएको करेन्टमा परी खनालको मृत्यु

हात्ती छेक्न लगाएको करेन्टमा परी खनालको मृत्यु

झापा  जेठ २८ ।।  हात्ती छेक्न आफैले लगाएको तारबारमा प्रबाह गरेको करेन्ट मा पारेर  झापाको कचनकवलमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । कचनकवल गाउँपालिका ७ बैगुनबारी बस्ने ६५ वर्षीय किर्खनाथ खनालललाई आज बिहान ८:३० बजेआफ्नै बारीमा बाख्रा चराउनदा विद्युत प्रवाह भएको तारमा तारबारमा छुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा प्रहरी टोली गएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
Read More
शव लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन घाइते

शव लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन घाइते

रामेछाप । रामेछापबाट शव लिएर काठमाडौंतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा पर्दा तीन जना घाइते भएका छन्। एम्बुलेन्स जिल्लाको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटनामा पर्दा तीन जना घाइते भएका हुन्। एम्बुलेन्स सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटनामा परेको रामेछाप प्रहरीले जानकारी दिएको छ। शव बोकेको उक्त एम्बुलेन्समा चार जना चढेका चडेका थिए जस मध्ये तिन जना घाइते भएका हुन्। घाइते हुनेहरूमा एम्बुलेन्स चालक रामेछापका २४ वर्षीय सुरेश मगर, रामेछापकै ४१ वर्षीय नारायणबहादुर नेपाली र रामेछापकै ५३ वर्षीय दिलबहादुर दमाई रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई उपचारका लागि धुलिखेल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ।
Read More
धनकुटातर्फ जादै गरेको बोलेरो अरुण नदीमा खस्यो…

धनकुटातर्फ जादै गरेको बोलेरो अरुण नदीमा खस्यो…

बिराटनगर ।। खाँदबारीबाट धनकुटातर्फ यात्रा गर्ने क्रममा रहेको बोलेरो जीप नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार प्रदेश १–०२–००२ च ४१०३ नम्बरको बोलेरो सुर्तीबारीस्थित नदीमा खसेको हो। प्रहरीका अनुसार सोमबार दिउँसो जीपले सोही स्थानमा पैदलयात्री ६६ वर्षीय ढोकरबहादुर पाण्डेलाई ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित भएको जीप अरुण नदीमा खसेको बताइएको छ। जीपले ठक्कर दिएका चैनपुरका पाण्डेको उपचार गरिएको छ। उनको अवस्था सामान्य रहे पनि जीपसहित नदीमा चालक २० वर्षीय किरण गुरुङ र जीप धनी ४० वर्षीय रमेश राई खसेको जनाइएको छ। दुई जना मात्र सवार रहेको जीप नदीमा खसेसँगै दुवै जनालाई नदीमा…
Read More