काठमाडौं– भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमान दुर्घटनास्त क्षेत्रको आकाशमा कालो धुँवा उडिरहेको छ ।
अहमदाबाद विमानस्थलबाट उडान भरेलगत्तै विमान दुर्घटनमा परेको बताइएको छ । दुर्घटनाबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।
यस अघी सन् १९७८ जनवरी १ मा मुम्बई नजिकै अरब सागरमा एयर इन्डियाको बोइङ७४७ फ्लाइट ८५५ दुर्घटनाग्रस्त भएको थियो । उडान भरेको केही मिनेटमै भएको उक्त दुर्घटनामा ‘इन्स्ट्रुमेन्ट फेल्योर’ र पायलटको गल्तीकाभनिएको थियो । यो विमान दुर्घटनामा २१३ यात्री र चालक दलका सम्पूर्ण सदस्यहरूको मृत्यु भएको थियो ।