रामेछाप । रामेछापबाट शव लिएर काठमाडौंतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा पर्दा तीन जना घाइते भएका छन्। एम्बुलेन्स जिल्लाको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटनामा पर्दा तीन जना घाइते भएका हुन्।
एम्बुलेन्स सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटनामा परेको रामेछाप प्रहरीले जानकारी दिएको छ।
शव बोकेको उक्त एम्बुलेन्समा चार जना चढेका चडेका थिए जस मध्ये तिन जना घाइते भएका हुन्। घाइते हुनेहरूमा एम्बुलेन्स चालक रामेछापका २४ वर्षीय सुरेश मगर, रामेछापकै ४१ वर्षीय नारायणबहादुर नेपाली र रामेछापकै ५३ वर्षीय दिलबहादुर दमाई रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई उपचारका लागि धुलिखेल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ।