इपुर्वी खबर

पहिलो अन्तर्राष्ट्रिय एआई सम्मेलनको सम्पूर्ण तयारी पूरा, ६ देशका विज्ञको सहभागिता

बिर्तामोड, झापा असार १३।। आर्टिफिसियल इन्टेलिजेन्स (AI) विषयक अन्तर्राष्ट्रिय सम्मेलन ‘इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (ICRTAI 2025)’ को सम्पूर्ण तयारी पूरा भएको छ। नेपालमै पहिलोपटक हुन लागेको यो सम्मेलन आगामी असार १४ र १५ गते झापाको बिर्तामोडमा हुने छ।

कार्यक्रम नुमा डिजिटल फर्मको आयोजनामा र मेची बहुमुखी क्याम्पस, भद्रपुरको सह–आयोजनामा आयोजना हुँदैछ। नुमा डिजिटल फर्मका चिफ युयुत्शु बञ्जाराले सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन्।

सम्मेलनमा नेपालसहित अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स र भारतका एआई विज्ञ तथा प्राध्यापकहरू सहभागी हुने छन्। उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी अनुसन्धान पत्र (रिसर्च पेपर) प्रस्तुत गर्नेछन्।

कार्यक्रम संयोजक तथा मेची क्याम्पसका आईटी विभाग प्रमुख सुनिल शर्माका अनुसार, सम्मेलन केवल प्रविधिको प्रदर्शनी नभई नीति निर्माण, सार्वजनिक संवाद र विद्यार्थी नेतृत्वलाई एउटै प्रवाहमा जोड्ने गहिरो प्रयास हो।
उनले भने, “ICRTAI 2025 ले केवल प्रविधिको उज्यालो मात्र होइन, संवाद, प्रयोग र अनुभव आदान–प्रदानको उज्यालो पनि ल्याउनेछ।”

“कन्फरेन्स प्लस अनकन्फरेन्स” — नयाँ अभ्यासको प्रयोग

सम्मेलनको विशेषता “कन्फरेन्स प्लस अनकन्फरेन्स” ढाँचा हो, जसअन्तर्गत सहभागीहरूले आफैं रोजेका विषयमा प्रस्तुति प्रस्ताव गर्न सक्नेछन्। आयोजकहरूका अनुसार, यो नेपालमा सम्मेलन सञ्चालनको संस्कृतिमा नवीन अभ्यास हुनेछ।

इभेन्ट कोअर्डिनेटर तथा चिफ इनोभेसन फार्मर शर्माका अनुसार, “अन्तर्राष्ट्रिय सम्मेलनको तयारी चुनौतीपूर्ण रह्यो। तर यसले स्थानीय प्रतिभालाई विश्व सञ्जालमा पुर्‍याउने ढोका खोलेको छ।” साथै, उनले यस कार्यक्रमलाई आगामी वर्षहरूमा निरन्तरता दिने योजना रहेको जानकारी दिए।

इन्जिनियर पुकार कार्कीले भने, “सम्मेलनले नेपाली विद्यार्थी तथा अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय स्तरमा पहुँच दिनेछ। साथै, Responsible AI को विषयमा पनि सजगता आवश्यक रहेको छ।”

इन्जिनियर सुवर्ण प्याकुरेलले कार्यक्रममा कन्फरेन्ससँगै अनकन्फरेन्स सेसन पनि हुने जानकारी दिए। उनले सहभागीहरूलाई सक्रिय बनाउने डिजिटल प्रविधिको प्रयोग प्रभावकारी रहेको बताए। साथै, पोस्ट इभेन्ट का गतिविधिहरू पनि व्यवहारिक र उपयोगी हुने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...