इपुर्वी खबर

Day: २०८२ असार १३, शुक्रबार

पहिलो अन्तर्राष्ट्रिय एआई सम्मेलनको सम्पूर्ण तयारी पूरा, ६ देशका विज्ञको सहभागिता

पहिलो अन्तर्राष्ट्रिय एआई सम्मेलनको सम्पूर्ण तयारी पूरा, ६ देशका विज्ञको सहभागिता

बिर्तामोड, झापा असार १३।। आर्टिफिसियल इन्टेलिजेन्स (AI) विषयक अन्तर्राष्ट्रिय सम्मेलन ‘इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (ICRTAI 2025)’ को सम्पूर्ण तयारी पूरा भएको छ। नेपालमै पहिलोपटक हुन लागेको यो सम्मेलन आगामी असार १४ र १५ गते झापाको बिर्तामोडमा हुने छ। कार्यक्रम नुमा डिजिटल फर्मको आयोजनामा र मेची बहुमुखी क्याम्पस, भद्रपुरको सह–आयोजनामा आयोजना हुँदैछ। नुमा डिजिटल फर्मका चिफ युयुत्शु बञ्जाराले सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन्। सम्मेलनमा नेपालसहित अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स र भारतका एआई विज्ञ तथा प्राध्यापकहरू सहभागी हुने छन्। उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी अनुसन्धान पत्र (रिसर्च पेपर) प्रस्तुत गर्नेछन्। कार्यक्रम संयोजक तथा मेची क्याम्पसका आईटी विभाग प्रमुख…
Read More