इपुर्वी खबर

स्थानीय तह विशेष

बिर्तामोडको बजेट १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ

बिर्तामोडको बजेट १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ

  बिर्तामोड, असार ९ : बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर सभाको सोमबार सुरु भएको बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगर विकासका विभिन्न महत्त्वकांक्षी योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । नगरपालिकाले शिक्षा विकास कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर सुधार गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षा र जीवनोपयोगी सीप सिकाइमा विशेष जोड दिएको छ । विद्यालयहरूलाई प्रविधिमैत्री कक्षाकोठा निर्माण र प्रविधिमा आधारित सिकाई व्यवस्थापनका लागि प्रोत्साहन गर्दै नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार…
Read More
वडास्तरीय भलिबल प्रतियोगिता: वार्ड नं ३ ,४, ६ र ७ सेमीफाइनल प्रवेश

वडास्तरीय भलिबल प्रतियोगिता: वार्ड नं ३ ,४, ६ र ७ सेमीफाइनल प्रवेश

  बिर्तामोड जेठ ३ ।। झापाको बिर्तामोडमा आजबाट सुरु भएको वडास्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बिर्तामोड  वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा सञ्चालित प्रतियोगिताबाट वडा नम्बर ३ , ४ , ६  र  ७ सेमिफाइनलमा प्रवेश गरेका छन्। वार्ड नं ३ ले वडा नम्बर १ लाई सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो। त्यस्तै वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ४ सेमिफाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर १० लाई पराजित गर्दै वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै वडा नम्बर ६ ले वडा नम्बर २…
Read More
विर्तामोड ४ मेघाबारीदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास

विर्तामोड ४ मेघाबारीदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास

  बिर्तामोड, १२ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४ सय २६ मिटर सडकको शिलान्यास गर्नु भएको हो । सडक स्तरोन्नतिको लागि पाँचथरको क्यापिटल टेक्नोलोजी एण्ड मल्टिप्रपोज कन्ट्रक्सन कम्पनीले सघन शहरी तथा भवन निर्माण कार्यालयबाट ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा (मुल्य अभिवृद्धिकर बाहेक)मा ठेक्का प्राप्त गरेको हो । सडकको १ सय ८५ मिटर दुवै साइडमा ढक्कन सहितको नाला, १ सय ३० मिटरमा प्लम निर्माण र ४ सय २६ मिटरमा १८ फुट गुणस्तर…
Read More
अर्जुनधारामा जारी वडास्तरीय क्रिकेटमा हिजो वडा नम्बर ७ र ८ विजयी….

अर्जुनधारामा जारी वडास्तरीय क्रिकेटमा हिजो वडा नम्बर ७ र ८ विजयी….

अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ४ अर्जुनधारा नगरपालिकामा जारी प्रथम वडा स्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। हिजोको दोस्रो क्वार्टर फाइनल खेलमा वडा नम्बर ३लाई ६४ रनले पराजित गर्दै वडा नम्बर ४ ले सेमिफाइनलमा स्थान बनाएको हो। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा वडा नम्बर ४ ले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो। उसले २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनायो। १४० रनको लक्ष्य पछाएको वडा नम्बर ३ ले जवाफी ब्याटिङमा दरिलो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न पुग्यो। उसले १६ ओभर १ बलमा सबै विकेट गुमाएर ७५ रन मात्रै बनाउन सक्यो…
Read More
सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न

सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न

  बिर्तामोड, ३ चैत्र : बिर्तामोडमा महिला मेयर भएकाकारण आएको सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न भएका छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) मा आज कालोपत्रे गरेसंगै ७ वटा योजनाहरु सम्पन्न भएका हुन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा ६ वटा सडकको स्तरोनन्ति र एउटा सामुदायिक भवन निर्माण गरीएको हो । स्तरोनन्ति गरीएका सडकहरुमा वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) र अतिथि सदन रोड (९ सय २५ मि), वडा नम्बर २ को बानालाल मार्ग (१ कि.मि), वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय…
Read More
अर्जुनधारामा आज सार्वजनिक बिदा

अर्जुनधारामा आज सार्वजनिक बिदा

झापाको अर्जुनधारा नगरपालिकाले फाल्गुन २१ गते बुधबार (आज ) सार्वजनिक विदा दिएको छ । सुखानी सहिद स्मृति दिवसको अवसर पारेर नगरपालिकाले आज स्थानीय विदा दिएको जनाएको छ । नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै  स्थानीय विदा दिएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक वर्ष फागुन २१ गते मनाउँदै आइएको सुखानी शहिद स्मृति दिवशको अवसरमा मिति २०८१ साल फागुन २१ गते बुधबारका दिन यस अर्जुनधारा नगरपालिका अन्तर्गतका निकाय तथा शैक्षिक संस्थाहरुमा ( स्वास्थ्य संस्थाको आकस्मिक सेवा तथा प्रसूती सेवा बाहेक) स्थानीय विदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
Read More
सात करोडमा बनेको भवन प्रयोगमा अझै आएन

सात करोडमा बनेको भवन प्रयोगमा अझै आएन

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग विहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेको हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताए । चितवनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ । भाडामा नदिँदा निर्माणाधीन भवन प्रयोग विहीन भएको उनको भनाइ छ । वर्षातका समयमा हाटबजार लगाउन आउने व्यापारीलाई वर्षात र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन…
Read More
बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु

बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु

  बिर्तामोड, ०५ पुस : बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु भएको छ । वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्ग‌ता समन्वय समितिका संयोजकसमेत रहनु भएका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले शिविर उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगर उप प्रमुख संग्रौलाले प्रदेश सरकार र करुणा फाउण्डेसनको सहयोगमा नगरपालिकाले आयोजना गरेको यस शिविरबाट भरपुर लाभलिन सबैलाई आग्रह गर्नु भयो । कम्तिमा ६ देखि ९ महिनासम्ममा अनिबार्य स्वास्थ्य जाँच गर्नु पर्नेमा जोड दिँदै उहाँले ललितपुर रोटरी क्लबको सहयोगमा बिर्तामोडमा ७६ वटा व्हिलचियर वितरण गर्ने जानकारी समेत दिनु भयो । उपप्रमुख संग्रौलाले शिविरमा आउन नसक्नेहरुको लागि घरैमा पुगेर…
Read More
बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर सञ्चालन हुने

बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर सञ्चालन हुने

  बिर्तामोड, २ पुस : बिर्तामोडमा पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर आयोजना हुने भएको छ । करुणा फाउण्डेसनसंगको सहकार्यमा सञ्चालित अपाङ्ग‌ता रोकथाम तथा पुन: स्वापना कार्यक्रम अन्तर्गत नगरका सबै वडामा अपाङ्‌ग‌ता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिविर सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । सामाजिक कार्यमा जोड दिँदै उहाँले जनप्रतिनिधि, कर्मचारी, टोलविकास संस्था लगायत सामाजिक संघ संस्थाले शिविरमा सहयोग पुर्याउन आग्रह गर्नु भयो । नगर उपप्र‌मुख नगेन्द्र प्रसाद संग्रौलाले अपाङ्गता भएका व्यक्तिहरुको लगत संकलन अझै प्रभावकारी ढंगले अगाढि बढाउनु पर्ने बताउनु भयो…
Read More
बिर्तामोड ९ मा खुल्यो आधारभूत स्वास्थ्य केन्द्र

बिर्तामोड ९ मा खुल्यो आधारभूत स्वास्थ्य केन्द्र

  बिर्तामोड, ३० मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित नमुना टोलमा नव निर्मित आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरीएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्धाटन गर्नु भयो । स्थानीय तोमप्रसाद पाठक र तुलसा पाठकले दान दिनु भएको २ कट्ठा ५ धुर जग्गामा निर्माण गरीएको आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरीएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस स्वास्थ्य केन्द्रको लागि जग्गा दिएर पाठक परिवारले पुण्यको काम गरेको बताउनु भयो । सरल र सहज तरीकाले सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै नगरप्रमुख प्रसाईले स्वास्थ्य संस्थाको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गर्नु भयो ।…
Read More