इपुर्वी खबर

सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न

 

बिर्तामोड, ३ चैत्र : बिर्तामोडमा महिला मेयर भएकाकारण आएको सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न भएका छन् ।

वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) मा आज कालोपत्रे गरेसंगै ७ वटा योजनाहरु सम्पन्न भएका हुन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा ६ वटा सडकको स्तरोनन्ति र एउटा सामुदायिक भवन निर्माण गरीएको हो ।

स्तरोनन्ति गरीएका सडकहरुमा वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) र अतिथि सदन रोड (९ सय २५ मि), वडा नम्बर २ को बानालाल मार्ग (१ कि.मि), वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक (१२ सय ४० मि), वडा नम्बर ८ को गरामनी- कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडक (१२ सय ४० मि) र बुट्टाबारी एभरेष्ट स्कुलहुँदै हरिहर आश्रम सडक (१२ सय ४० मि) रहेको छ ।

करीब ७ किलोमिटर सडकसंगै वडा नम्बर ६ मा रहेको हरियाली सामुदायिक वनमा एउटा सामुदायिक भवन पनि निर्माण गरीएको छ ।

सबै योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले
गत भदौ २० गते एकमुष्ठ शिलान्यास गर्नु भएको थियो ।
शान्ति उद्धेश्य निर्माण सेवाले भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम सम्पन्न गरेको हो ।

कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले केहि सडकहरुमा ड्रेनको समस्या रहेकोले आगामी वर्षका योजनाहरुमा समेट्ने बताउनु भएको छ । यस्तै नगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले वडा नम्बर १ मा रहेको धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग २०१५ साल भन्दा अगाडीको सडक रहेको र यसमा पनि कालोपत्रे गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँले सबै कालो पत्रेका कामहरु गुणस्तरीय रहेको बताउनु भएको छ ।

ठेकेदार नयन बरालले योजना सञ्चालनको समयमा जनप्रतिनिधिले राम्रो साथ दिएको बताउनु भयो ।
वडा नम्बर १ संगै समग्र बिर्तामोड नगरपालिकाको काममा आफुहरु सन्तुष्ट रहेको स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...