झापा भाद्र २९ ।। नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी छन् । बिहान साढे ११ बजे उनले सिंहदरबारको गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रधानमन्त्री कार्यालयमा पुगेर जिम्मेवारी सम्हालेकी हुन् । कार्की शनिबारदेखि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् । जेनजी पुस्ताको आन्दोलन चर्किएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते पदबाट राजीनामा दिएका थिए ।

झापा भाद्र २५ ।। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा को रुपमा लिएर जानेमा जेनजीहरूमाझ सहमति जुटेको छ। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्। कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी भएको छ। दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन्। उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेका हुन्। यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको…

झापा– प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि शनिबार (आज) चीन प्रस्थान गर्दैछन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चीन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र…

काठमाडौं।। सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले महामन्त्री थापासँग लिखित जवाफ पेस गर्न आदेश दिएको हो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे टिप्पणी गरेपछि अधिवक्ताहरू विशाला थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले आइतबार सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र त्यसविरुद्ध परेको रिटमाथि भइरहेको अदालती कारबाहीबारे टिप्पणी गरेका थिए ।

झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनमत निर्माण गर्ने लक्ष्यसहित चैत ११ गतेदेखि व्यापक कार्यक्रम अघि बढाइने एमालेले जनाएको छ। एमालेले तीन महिनायता वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ। त्यसलाई थप प्रभावकारी बनाउँदै चैत ११ गते एकैदिन देशभरका सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरिएको छ। पार्टीले चैत ११ देखि ३० गतेसम्म विभिन्न चरणमा जनपरिचालन र जनजागरण अभियान सञ्चालन गर्ने योजना बनाएको छ। चैत १८ गते देशका प्रमुख सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्याली आयोजना गरिनेछ। त्यस्तै, चैत…

झापा फागुन २५ ।। पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आज काठमाडौँमा प्रदर्शन हुँदैछ । राप्रपाको आह्वानमा राजतन्त्र पुनःस्थापना पक्षधरहरूले आज काठमाडौँमा प्रदर्शन को तयारी गरेका हुन् । पोखरामा रहेका पूर्वराजा शाह आज काठमाडौँ फर्किँदै छन् । उनको स्वागतका साथै राजतन्त्रका पक्षधरहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रदर्शन गर्दैछन् । दिउँसो करिब तीनबजे शाह काठमाडौँ फर्किने तयारी छ । सोही अनुसार प्रहरीले काठमाडौँको सुरक्षा व्यस्था कडा पारेको छ । ‘साविकको भन्दा धेरैं १२-१३ सयको संख्यामै आज प्रहरी खटाइएको छ,’ प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले भने, ‘सोही अनुपातमा अन्य सुरक्षा फोर्स पनि खटाइने तयारी छ।’ राजतन्त्र पुनःस्थापना पक्षहरूको गतिविधिले सत्तामा रहेका दुई दल…

बिर्तामोड । प्रभावकारी पार्टी काम तथा समृद्धिका लागि नेकपा (एमाले) झापाले ३० जना प्रशिक्षक तयार गरेको छ । झापाको गौरादहस्थित नमूना पाहुना घरमा पाँच दिवसीय प्रशिक्षक प्रशिक्षण (टट) सञ्चालन गर्दै प्रशिक्षक तयार गरेको हो । जिल्लाभरका पार्टी सदस्यहरुमध्येबाट छनौट गरिएका ३० जना अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षकका रुपमा प्रशिक्षण प्रदान गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिनुभयो । केन्द्रीय स्कुल विभागको सहजीकरणमा सञ्चालित प्रशिक्षक प्रशिक्षणमा स्कुल विभागमा सदस्य प्रा.डा. तत्व तिम्सिना र रामशरण प्याकुरेलले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षक प्रशिक्षणमा शिक्षण, प्रशिक्षण र सहजीकरण विधि, मस्तिष्कमा आधारित सिकाई, प्रशिक्षणलाई रोचक र प्रभावकारी बनाउने विधि,सिकाई आवश्यकताको पहिचान, लक्ष्य तथा…

काठमाडौँ पुस १७ ।। गत पुस ११ गते नेकपा एमालेबाट निकालिएका नेता डा. भीमबहादुर रावलले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो घोषणा गरेका हुन् । ‘…यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीति तय गर्दै, देश र प्रवासमा अभियान सञ्चालन गर्दै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्ने छन् । हाम्रा यी पाइला र प्रयासहरू अगाडि बढ्ने सन्दर्भमा विभिन्न संगठित रुपमा रहनुभएकासँग सहकार्य हुन सक्छ ।’ उनले सम्बोधनका क्रममा बीपी कांग्रेस, पूर्व देशभक्त…

झापा पुस ०८ ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई हिजो बेलुकी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको थलीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको भुसालले स्वीकार गरेका थिए । प्रहरीको गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको उनको भनाइ थियो ।

काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई सीआईबीको प्रहरी टोलीले शुक्रबार साँझ वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो । रविलाई पक्राउ गर्न सीआईबीका एसपी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध गरेनन् । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएका थिए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर…