इपुर्वी खबर

भेडेटारमा स्काईवाक सञ्चालन

 

धनकुटा साउन ११— पर्यटकीय स्थल भेडेटारमा निर्माण भएको स्काईवाक आजदेखि सञ्चालनमा आएको छ । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो।

वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँको लगानीमा स्काईवाक निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए । धनकुटा र सुनसरीको सीमास्थलमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको हब मानिन्छ । स्काईवाक सञ्चालनबाट त्यस स्थानको थप आकर्षण बढ्ने दाबी गरिएको छ । परियोजना सञ्चालनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको जनाइएको छ ।

५० मिटर लम्बाइ रहेको स्काईवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भएको परियोजना स्रोतले जनाएको छ । एक पटकमा दुई सय जना हिँड्न सकिने उक्त स्काईवाकको उचाइ १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काईवाकको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्दैछन् ।

भेडेटारस्थित चार्ल्स प्वाइन्टमा यसअघि निर्माण गरिएको टावर विस्थापित गरेर सोही स्थानमा स्काईवाक निर्माण गरिएको छ । काठमाडौंको कमलादी र इलामको कन्याममा निर्माणपछि वज्डर्स ग्रुपले भेडेटारमा पनि स्काईवाक तयार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...