इपुर्वी खबर

लिम्बु समुदायले आज धुमधामले नयाँ वर्ष मनाए

 

झापा माघ ०१ ।।    माघे संक्रान्तीको दिन आज   लिम्बु समुदायले  धुमधामले नयाँ वर्ष मनाएका छन । यो समुदायले माघे संक्रान्तीको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन ।
किराँत नयाँ वर्षलाई किराँत समुदाय अन्तरगतका लिम्बूहरुले कुसङ यले तङबे र राईले यले दङ भन्ने गर्छन ।
यस्तै सुनुवार र याक्खाले पनि माघ १ गतेकै दिन नयाँ वर्ष मनाँउछन ।माघे संक्रान्तीसँगै किराँती पात्रोमा सम्वत फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका किराँतीहरुले किराँत नयाँ वर्ष धुमधाम साथ मनाउने गरेका हुन ।

किरात नयाँ वर्ष पाँचथर,तेहथुम,ताप्लेजुङ,इलाम,झापा,धनकुटा लगायतका जिल्लामा भव्यता पूर्वक मनाइन्छ । यस्तै किराँत लिम्बूहरु सघन बसोवास रहेका काठमाण्डौ,ललितपुरसँगै हङकङ र सिंहापुर सम्म यो पर्व उल्लासपुर्वक मनाइन्छ ।
यो अवसरमा धान र च्याब्रुङ नाँच्नका साथै बनभोज खाने,कन्दमुल खाने,हाक्पारे,ख्याली र पाःलाम आदि पनि गाँउने गरिन्छ ।
किराँती पात्रो अनुसार यो वर्षको माघ १ गतेदेखि यले तङबे ५०८५ सुरु भएको छ ।

किराँत सम्वत नेपालमा हाल प्रचलनमा रहेको विक्रम सम्वत भन्दा ३ हजार ४ वर्ष जेठो रहेका इतिहासका जानकार हरिचन्द्र लावती बताँउनु हुन्छ ।
यले तङ्गवे किराँती राजा यलम्वरले नेपालमा शासन शुरु गरेपश्चाच मनाउन थालिएको इतिहास रहेहो किराँत इतिहासका जानकार राजेन्द्रप्रसाद जवेगु बताँउनु हुन्छ ।
उहाँका अनुसार माघे संक्रान्ती देखि लेकाली भुभागमा पाइने चाँप प्रजातीको फूल फुल्न सुरु हुन्छ । त्यसैले लिम्वू समुदायले माघे संक्रान्तीलाई ककफेवा तङनाम भनेर पनि मनाँउछन ।
लिम्वू भाषामा कक भनेको चाँप,फेवा भनेको फुल्ने र तङनाम भनेको सिजन अर्थात ककफेवा तङनाम भनेको चाँप फुल्ने सिजन हो ।
यो ज्येष्ठ सदस्य अर्थात अविभावकले बन तरुल कालो हुनेगरी पोलेर परिवारका अन्य सदस्यलाई टिका लगाउदै आर्शिवाद दिने चलन रहेको उहाँले वताँउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...