इपुर्वी खबर

अर्थ

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष २०८२/८३ मा २ दशमलव १ प्रतिशत र त्यसपछिको वर्ष २०८३/८४ मा ४ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो । भर्खरै भएको जेनजी आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै विश्व बैंकले आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको प्रतिवेदनमा उल्लेख छ । बैंकले यसअघि चालू आर्थिक वर्षमा ५ दशमलव २ र त्यसपछिको वर्षमा ५ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हुने आँकलन गरेको थियो तर पछिल्लो घटनाक्रमपछि त्यसलाई घटाएको…
Read More
रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने कुलमान घिसिङको भनाई…..

रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने कुलमान घिसिङको भनाई…..

काठमाण्डौ – घरपरिवारबाट टाढा बसेर खाडीका बिभिन्न देशमा पसिना बगाएर आर्जन गरेको रकम रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई रहेको छ । उनले यूएई , कतारमा लगाएत मध्यपूर्वी देशहरूमा वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीले वार्षिक रूपमा झन्डै साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने खाडी देशमा कार्यरत श्रमिकलाई सम्मान गर्ने वातावरण राज्यले बनाउनुपर्नेमा जोड दिएका हुन। ओमानमा रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा घिसिङले श्रमको सम्मान गर्ने वातावरण नबनेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने उल्लेख गरे । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल…
Read More
काठमाडौं महानगरपालिकाको बजेट आइतबार ल्याउने

काठमाडौं महानगरपालिकाको बजेट आइतबार ल्याउने

काठमाडौँ।। विवादका कारण निर्धारित मिति अर्थात्‌ असार १० मा बजेट ल्याउन नसकेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट असार २९ गते ल्याउने भएको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले बजेट आइतबार ल्याउने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर मेयर बालेन्द्र साह र अन्य जनप्रतिनिधिबीचको विवादबीच शुक्रबार बसेको कार्यपालिका बैठकमा नयाँ बजेट असार २९ गते पेश गर्ने सहमति बनेको हो । काठमाडौँ महानगरकी उपप्रमुख सुनीता डङ्गोलले नगर सभामा उक्त बजेट पेश गर्नेछिन्‌ । शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरिसकेको छ । उपमेयर सुनिता…
Read More
शेयर बजार आज पनि बढ्यो

शेयर बजार आज पनि बढ्यो

झापा।।आज नेप्से परिसूचक २५.८९ अङ्कले बढेर २ हजार ७ सय ३१विन्दुमा पुगेको छ ।हिजोको कारोबार हेर्दा ७ अर्ब ४५ करोडको भएकोमा आज ३ सय १२ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएका कारण बढेको देखिएको हो । आज सबै समूहको शेयर बढेकोमा बैंकिङ समूहको शेयर ३ प्रतिशतले उकालो लागेको छ भने जलविद्युत्, व्यापार समुह को कारोबार त्यति चित्तबुझ्दो भएन। माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको शेयर १ दशमलव १२ प्रतिशतले बढेको छ ।समग्रमा बजार बढेको दिन कर्पाेरेट विकास बैंकको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।आज…
Read More
आज शेयर बजार ओरालो लाग्यो

आज शेयर बजार ओरालो लाग्यो

काठमाण्डाै। आज शेयर बज नेप्से कारोबार ८ दशमलव ४१ अङ्कले घटेर २ हजार ६ सय ११ दशमलव ८५ विन्दुमा झरेको छ। गत आइतवार १२ दशमलव ५३, मङ्गलवार १४ दशमलव ८७ र बुधवार १३ दशमलव ९३ अङ्कले घटेकोमा आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ। विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । कर्पाेरेट विकास बैंकको शेयर साढे ८ प्रतिशतले घटेको छ भने समग्र बजार घट्दा ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर १० प्रतिशतले बढ्यो। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ सय २०…
Read More
आज नेप्से २३ दशमलव ८६ अङ्कले बढ्यो

आज नेप्से २३ दशमलव ८६ अङ्कले बढ्यो

काठमाडौं।। आज शेयर बजार परिसूचक नेप्से २३ दशमलव ८६ अङ्कले बढेको छ। हिजो झन्डै १७ अङ्कले घटेको शेयर बजार आज बढेर २ हजार ७ सय दशमलव ०४ विन्दुमा पुगेको हो। उकालो लागेको तथ्याङ्क नियाल्दा उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको देखिन्छ।त्यसैगरी सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।तर आज बजार बढेको दिन पनी बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने १० प्रतिशतले घटेको पाइयो। समग्रमा नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज…
Read More
वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’हुने

वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’हुने

  बिर्तामोड मंसिर २४  ।। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ । महोत्सव आगामी माघ ११ गतेदेदि २३ गतेसम्म आयोजना गरिने भएको छ । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघको आज बसेको बैठकले मूल समारोह समिति समेत गठन गरेको छ । संघका उद्योग उपाध्यक्ष विशाल थापा संयोजक रहेको मूल समारोह समिति गठन गरिएको हो । त्यस्तै अनुगमन समिति संयोजकमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई चयन भएकी छिन् । मूल समारोह समितिले महोत्सव स्थल चयन लगायतका अन्य काम गर्ने बताइएको छ । नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका…
Read More
दमक भ्यु टावरको केपी शर्मा ओलीले भोलि उद्घाटन गर्ने

दमक भ्यु टावरको केपी शर्मा ओलीले भोलि उद्घाटन गर्ने

  बिर्तामोड मङ्सिर २२।।  झापाको  दमकमा निर्माण गरिएको बहुपयोगी १८ तले भवन (दमक भ्यु टावरको) भोलि उद्घाटन हुने भएको छ। दमक नगरपालिका–३ दापगाछीमा  एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। । ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको  शिलान्यास गरेका थिए…
Read More
चाडबाड नजिकिएसँगै भारतीय  बजारमा किनमेल गर्ने नेपालीको घुइँचो

चाडबाड नजिकिएसँगै भारतीय बजारमा किनमेल गर्ने नेपालीको घुइँचो

  बिर्तामोड असोज १३।। नेपालीहरूको महान चाड दशैं तिहार आउन अब केही समय मात्र बाँकी छ। दसैं तिहार  नजिकिएसँगै सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु किनमेलका लागि ठूलो संख्यामा भारतीय बजारमा जान थालेका छन्। झापाको मेची नगरपालिका र भद्रपुर नगरपालिका संग जोडिएको भारतीय बजारमा अहिले चाड पर्वका लागि आवश्यक सामग्री किन्न आउने नेपालीहरुको भीडभाड देखिन्छ। नेपाली बजारमा भन्दा सस्तो मूल्यमा सामान पाइने भएकाले भारतीय बजारको आकर्षण बढेको भारतीय बजार पानी ट्याङ्कीमा सामान किन्न आएका नेपालीहरू को भनाइ छ किनमेल गर्न सीमावर्ती पानी ट्याङ्की बजार आएकी बिर्ता मोड ५ की बासिन्दा सोनाती चौधरीले सामान सस्तो पर्ने भएकाले भारतीय बजार आएको बताइन्। नजिकिँदै…
Read More
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

  झापा  असोज ६ ।। नेपाली  बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। गत सातामात्रै हालसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १७०० रुपैयाँले बढेर १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि भदौ ३१ गते सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ५९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।…
Read More