इपुर्वी खबर

वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’हुने

 

बिर्तामोड मंसिर २४  ।। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ ।

महोत्सव आगामी माघ ११ गतेदेदि २३ गतेसम्म आयोजना गरिने भएको छ । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघको आज बसेको बैठकले मूल समारोह समिति समेत गठन गरेको छ । संघका उद्योग उपाध्यक्ष विशाल थापा संयोजक रहेको मूल समारोह समिति गठन गरिएको हो ।

त्यस्तै अनुगमन समिति संयोजकमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई चयन भएकी छिन् । मूल समारोह समितिले महोत्सव स्थल चयन लगायतका अन्य काम गर्ने बताइएको छ ।

नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य वस्तुहरूको प्रचार, प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

महोत्सवमा व्यापार सहित नेपाल सहित भारत, बंगलादेश, पाकिस्तानका प्रर्दशकहरुको समेत सहभागिता रहने छ । त्यस्तै स्थानीय , राष्ट्रिय तथा प्रदेशका चर्चित कलाकारको दैनिक प्रस्तुति, फेशन शो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहने छ।

बालउद्यान क्षेत्रमा विभिन्न शहसिक तथा मनोरञ्जनात्मक खेलहरू रहने छन । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टको स्टल राखिने, मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाईफाइ जोन, प्राथमिक उपचार, शौचालय, खानेपानी तथा पार्किङ, सुरक्षाको राम्रो व्यवस्थापन गरिने बताईएको छ ।

सुस्ताएका अर्थतन्त्रलाई केही हदसम्म भएपनि सुढिृण र चलायमान बनाउन यो महोत्सवले सघाउ पुर्‍याउने माहासंघका महासचिव कुशल खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...