काठमाण्डाै। आज शेयर बज नेप्से कारोबार ८ दशमलव ४१ अङ्कले घटेर २ हजार ६ सय ११ दशमलव ८५ विन्दुमा झरेको छ।
गत आइतवार १२ दशमलव ५३, मङ्गलवार १४ दशमलव ८७ र बुधवार १३ दशमलव ९३ अङ्कले घटेकोमा आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ। विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
कर्पाेरेट विकास बैंकको शेयर साढे ८ प्रतिशतले घटेको छ भने समग्र बजार घट्दा ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर १० प्रतिशतले बढ्यो।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ७ अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।