बिर्तामोड, १ जेठ ।। बिर्तामोडमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको आज अनुगमन गरिएको छ । वडा नम्बर १ र २ मा सञ्चालनमा रहेको 'ब्याग बनाउने तथा सिलाई कटाई' तालिमको अनुगमन गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, कार्यपालिका सदस्य संगिता सिवा, तिला गौतम, निर्मला ल्वागुन गजमेर, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायतको टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो । बिर्तामोड नगरपालिकाले विभिन्न शाखा मार्फत सिलाई कटाई व्युटीपार्लर, दालमोठ भुजिया बनाउने, वारिष्ठा लगायत विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएको छ ।

बिर्तामोड, १ जेठ : बिर्तामोड नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान गरेको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई आज ब्रेथलाईजर र गोप्रो क्यामेरा १/१ थान हस्तान्तरण गर्नु भएको हो । नगर प्रमुख प्रसाईले यस आधुनिक उपकरणले सवारी चालकको मदिरा सेवन परीक्षण तथा निगरानी कार्यमा थप सहज हुने बताउनु भयो । दुर्घटना न्युनिकरणमा थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले बिर्तामोडको ट्राफिक व्यवस्थापनका लागि आगामी दिनमा थप सहयोग गर्दै जाने बताउनु भयो । झापा ट्राफिक प्रहरीसंग ब्रेथलाईजर, क्यामेरा, राडरगन लगायतका आवश्यक सामाग्री प्रयाप्त नहुँदा…

काठमाण्डाै। आज शेयर बज नेप्से कारोबार ८ दशमलव ४१ अङ्कले घटेर २ हजार ६ सय ११ दशमलव ८५ विन्दुमा झरेको छ। गत आइतवार १२ दशमलव ५३, मङ्गलवार १४ दशमलव ८७ र बुधवार १३ दशमलव ९३ अङ्कले घटेकोमा आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ। विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । कर्पाेरेट विकास बैंकको शेयर साढे ८ प्रतिशतले घटेको छ भने समग्र बजार घट्दा ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर १० प्रतिशतले बढ्यो। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ सय २०…

बिर्तामोड जेठ १ ।। झापाको बिर्तामोडमा वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। बिर्तामोड वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा आगामी जेठ ३ र ४ गते बिर्तामोड ९ स्थित दुर्गा माविको खेल मैदान प्रतियोगिता आयोजन गर्न लागिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो। प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वडाका १० टिमको सहभागिता रहने वडा खेलकूद विकास समितिका अध्यक्ष विश्वदीप राजवंशीले जानकारी दिए। बिर्तामोड नगरपालिकामा रहेका खेलाडीहरूको प्रतिभा उजागर गर्न र युवामा खेलप्रतिको आकर्षण बढाउनु तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी सद्भाव तथा सहकार्य विस्तार गर्ने उद्देश्यले खेलको आयोजना गरिएको राजवंशीले बताए…