इपुर्वी खबर

बिमान दुर्घटना खबर अपडेट

लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएकोमा दुर्घटनास्थलमा एक जना जीवित फेला परेका छन् । भारतीय समाचार संस्थाका अनुसार विमानको ११-ए सीटमा बसेका यात्रु जीवितै भेटिएका हुन् ।

घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘‘हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ । हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो तल्लाबाट हामफालेको देखेका छौँ । विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो ।’

भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू ‘स्तब्ध र विक्षिप्त’ भएको बताए ।भारतको नागरिक उड्डयन प्राधिकरणले भन्यो, ‘‘जहाजमा दुई पाइलट र १० चालक दलका सदस्यसहित दुई सय ४२ व्यक्ति सवार थिए । विमानमा एक सय ६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानाडाली यात्रु सवार रहेको एयर इन्डियाले जनाएको छ । विमानले मेडे कल जारी गरेको र ‘उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएको’ नागरिक उड्डयन महानिर्देशनालयले बताएको छ । विमानस्थलको परिधि बाहिर विमान दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उता बोइङले उत्पादन गरेका विमानको सुरक्षालाई लिएर फेरि एकपटक प्रश्न उठेको छ ।अहिले पुँजी बजारमा बोइङको शेयर ओरालो लागेको छ ।

सन् २०१८ को मे १९ का दिन क्युबाको कुबाना डे एभएसोन कम्पनीका लागि मेक्सिकोको ग्लोबल एअरले सञ्चालन गर्ने बोइङ ७३७–२०१ जहाज हवानामा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १ सय १३ जनामध्ये १ सय १२ जनाको ज्यान गएको थियो ।सोही वर्षको सेप्टेम्बर २८ का दिन एअर न्युगिनीको बोइङ ७३७–८बीके जहाज माइक्रोनेशियामा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार ४७ मध्ये एक जनाको ज्यान गएको थियो ।

त्यसैगरी सन् २०१८ को अक्टोबर २९ का दिन लायन एअरको बोइङ ७३७–८०० म्याक्स जहाज इण्डोनेशियाको राजधानी जकर्तानजिकै दुर्घटना हुँदा जहाजमा सवार सबै १ सय ८९ जनाको ज्यान गएको थियो ।सन् २०१९ को जनवरी १४ का दिन शाह एअरको बोइङ ७०७–३जे९सी जहाज इरानको फतहमा दुर्घटना हुँदा जहाजमा सवार १६ मध्ये १५ जनाको ज्यान गएको थियो ।सोही वर्षको फेब्रुअरी २३ का दिन एट्लास एअरको बोइङ ७६७–३७५एफ जहाज अमेरिकाको टेक्सस राज्यमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार सबै तीन जनाको ज्यान गएको थियो ।सोही वर्षको १० मार्चका दिन इथियोपियन एअरलाइन्सको बोइङ ७३७–८०० म्याक्स जहाज इथियोपियाको बिसोफ्थु क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार सबै १ सय ५७ जनाले ज्यान गुमाएका थिए ।सन् २०२० को जनवरी ८ का दिन युक्रेन इन्टरनेशनल एअरलाइन्सको बोइङ ७३७–८केभी जहाज इरानको राजधानी तेहरानमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको थियो ।सोही वर्षको फेब्रुअरी ५ का दिन पेगासस एअरलाइन्सको बोइङ ७३७–८६जे जहाज टर्कीको इस्तानबुलमा दुर्घटना हुँदा जहाजमा सवार १ सय ८३ जनामध्ये ३ जनाले ज्यान गुमाएका थिए ।सोही वर्षको ७ अगस्टका दिन एअर इण्डिया एक्सप्रेसको बोइङ ७३७–८एचजी जहाज भारतको कोजिकोडेमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १ सय ९० मध्ये १७ जनाको मृत्यु भएको थियो ।सन् २०२१ को जनवरी ९ का दिन श्रीविजया एअरलाइन्सको बोइङ ७३७–५२४ जहाज जकर्तानजिकै दुर्घटना हुँदा जहाजमा सवार सबै ६२ जनाको ज्यान गएको थियो ।सन् २०२२ को मार्च २१ का दिन चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७–८९पी जहाज चीनको टेङ्सियानमा दुर्घटना हुँदा जहाजमा सवार सबै १ सय ३२ जनाको ज्यान गएको थियो ।गत डिसेम्बर २९ का दिन जेजु एअरको बोइङ ७३७–८एएस जहाज दक्षिण कोरियाको मुआनमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १ सय ८१ मध्ये १ सय ७९ जनाले ज्यान गुमाएका थिए ।स्रोत:-खबरहब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...