इपुर्वी खबर

पाँचथरमा डडेलोमा परेर एकको मृत्यु तीनजना घाइते।

 

झापा चैत्र २२ ।। पाँचथरको कुमममयकमा आगोले जलेर एकजनाको मृत्यु भएको छ।

कुम्मायक गाउँपालिकाको निजी जंगलमा लागेको लागेको डढेलोमा परेर विहिबार घाँस काट्न गएकी युवतीको मृत्यु भएको हो। बालिकासहित ३ जना गम्भीर घाइते भएका छन्।

कुम्याक–३ ताम्राखुका अमर थापा र पदम खड्कालगायतको निजी वनमा लागेको डढेलोमा परेर घाँस दाउरा गएकी कुम्याक–३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।

उपचारका क्रममा राति करिब ९ बजे उनको मृत्यु भएको पाँचथर प्रहरीका डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए। तलबाट सल्किएको डढेलोमा ४ जना परेका थिए। कतै भाग्न सक्ने ठाउँ नभएपछि उनीहरु जलेको प्रहरीले जनाएको छ।

घट्नामा २८ वर्षीया सपना सम्वाहाम्फे, उनकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे, ६० वर्षीया निरमाया सम्वाहाम्फे घाइते छन्। उनीहरुको धरानमै उपचार भइरहेको छ। आगोले जलेर घाइते भएका सबै जनालाई प्रहरीले उद्धार गरेर उपचारका लागि धरान पठाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...