इपुर्वी खबर

आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्तामा आउन मन्त्रालयको आग्रह

काठमाडौं ।  आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा रहेकै बेला उनीहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै वार्ताका लागि बोलाएको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका हुन् ।

विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् ।

त्यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरुलाई मन्त्रालयमा स्वागत गर्न तयार रहेको बताए । विद्यालय शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफलको प्रकृयामा छ । त्यसलाई यथाशिघ्र पारित गर्नुपर्ने भन्दै शिक्षक तथा कर्मचारीहरू हिजोदेखि काठमाडौंका सडकमा शैक्षिक सडक आन्दोलनमा छन् ।

विद्यालय शिक्षा विधेयक समयमै पारित गर्ने वातावरण श्रृजना गर्नका निमित्त सिंगो शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताका बारेमा मन्त्रालय सकारात्मक रहेका जनाए । शिक्षक समुदायका प्रतिनिधिहरुसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने अपेक्षा रहनु स्वभाविक रहेको मन्त्रालयको ठहर छ ।

विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने विधायकी प्रकृयाका सम्बन्धमा निश्चित कानूनी बन्दोबस्त रहेको प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामुहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको समेत जनाए ।

प्रेस विज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...