एकतप्पा चैत्र २४ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको खेलबाट जित निकाल्दै फुङ्बा एफ सी र टी वाई सी मङ्गलबारे दोस्रो चरणमा प्रवेश गरेका छन्।
जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा फलाटे एफ सी लाई सडन डेथमा पराजित गर्दै फुङ्बा एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले दुईदुई गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा पनि दुबै टोलीले पाँच-पाँच गोलको बराबरी खेलेपछि खेलको निर्णय सडन डेथबाट लिएको हो। सडन डेथमा फुङ्बा एफसीले बाजी मार्दै अघिल्लो चरणको यात्रा तय गरेको छ
त्यस्तै आज भएको दोस्रो खेलमा कोलबोटे एफसीलाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै टि वाई सी मङ्गलबारे अघिल्लो चरणमा प्रवेश गरेको छ। टी वाई सी।मङ्गलबारका लागि जर्सी नम्बर १० का दिवस बास्तोलाले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।
त्यसको केही समयपछि कोलबोटे एफ सी का जर्सी नम्बर ११ का सन्तोष लिम्बु एंग्रीले गोल गर्दै खेललाई बराबरीको स्थितिमा पुर्याए ।पहिलो हाफ एकएक गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा टिवाईसी मङ्गलबारेका जर्सी नम्बर ८ का निश्चल भण्डारीले पुन गोल गर्दै खेलमा अग्रता बनाए। त्यस लगत्तै जर्सी नम्बर १० का दिवस बास्तोलाले गोल गर्दै टिमलाई ३ एकको अवस्थामा पुर्याए
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि कोलबोटे एफसी फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो खेलको अन्तिम समयमा पाएको अवसरलाई गोल गर्दै २ -३ को अवस्थामा पुर्याए पनि त्यसपछि गोल गर्न नसकेपछि कोलबोटे एफसी पहिलो खेलबाट नै घर फर्किएको छ।
प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेल हेन्सी स्टार र द बोइज एफसी बीच हुनेछ। दोस्रो खेल ठिङ्गेपुर एफसी र आयोजक पोखरी एफसी बीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष टङ्क गुरुङ (सुवासले ) जानकारी दिएका छन्
दश दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार एक सय ५१ रुपैयाँ र उपविजेताले ३१ हजार एक सय ३१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ट्रफी दिइनेछ । त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने समितिका कोषाध्यक्ष निग्मा तामाङले जानकारी दिएका छन्।
यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण पोखरी युथ क्लबको आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ।