एकतप्पा चैत्र २४ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको खेलबाट जित निकाल्दै फुङ्बा एफ सी र टी वाई सी मङ्गलबारे दोस्रो चरणमा प्रवेश गरेका छन्। जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा फलाटे एफ सी लाई सडन डेथमा पराजित गर्दै फुङ्बा एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले दुईदुई गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा पनि दुबै टोलीले पाँच-पाँच गोलको बराबरी खेलेपछि खेलको निर्णय सडन डेथबाट लिएको हो। सडन डेथमा फुङ्बा एफसीले बाजी मार्दै अघिल्लो चरणको यात्रा तय गरेको…