इपुर्वी खबर

स्थापना दिवसमा सहारामा रक्तदान कार्यक्रम

झापा। बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले रक्तदान कार्यक्रम आयोजना गरी आफ्नो ३०औँ स्थापना दिवस मनाएको छ।हाल बढ्दै गएको रगत अभावलाई परिपूर्ति गर्नका लागि संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

सहाराले सामाजिक उत्तरदायित्व बहन गर्दै रगतकै अभावका कारणले गर्दा अकालमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आज स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिए ।

साहारा नेपाल साकोसको ३० औं स्थापना दिवसको अवसरमा ८१ युनिट रगत संकलन भएको जनाइएको छ।

यता सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले हरेक वर्ष स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरिरहेको र आज पनी मानवीय सेवाका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष हरिप्रसाद राजवंशीले बताए ।

देशकै उत्कृष्ट यस सहकारी साहारा नेपाल साकोसले समाजमा गरिबी न्यूनीकरण का लागी उद्यमशीलता र रोजगारी सिर्जना,  स्वास्थ्य , शिक्षा जैविक विविधता तथा वातावरण संरक्षण,  सामाजिक कृषि तथा वित्तीय लगायतको क्षेत्रमा समेत उत्कृष्ट काम गर्दै आएको छ।

साहारा नेपाल साकोसले गरिबी न्यूनीकरण उद्यमशीलता र रोजगारी सिर्जना,  स्वास्थ्य , शिक्षा जैविक विविधता तथा वातावरण संरक्षण,  सामाजिक कृषि तथा वित्तीय लगायतका थुप्रै क्षेत्रमा समेत काम गर्दै आएको संस्थाको उप विभागगिय प्रमुख गोपाल भट्टराईको भनाई रहेको छ।

२०५२ सालमा ३३ जना शेयर सदस्यको ३४ हजार सेयर पूँजीबाट स्थापना भएको सहरा नेपाल साकोसमा अहिले १ लाख ९० हजार सेयर सदस्य रहेका छन्। संस्थाको सेयर पूँजी १ अर्ब ७० करोड ११ लाख, ऋण लगानी ११ अर्ब ५० करोड , वासलात १७ अर्ब ७५ करोड , कोशी प्रदेश को छ जिल्लाको ८० सेवा केन्द्र बाट वित्तीय कारोबार भई रहेको छ । बचत १३ अर्ब ७५ करोड , संस्थागत पूँजी १ अर्ब ३० करोड, बाहिर ऋण सुन्न रहेको संस्थाको उपनिर्देशक दिनेश बहादुर निरौलाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...