इपुर्वी खबर

ताजा खबर

शिक्षक सरुवा सम्बन्धी निर्देशिका खारेज गर्न माग

शिक्षक सरुवा सम्बन्धी निर्देशिका खारेज गर्न माग

काठमाडौँ ।साउन ५।।सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरुवा सम्बन्धीको निर्देशिका खारेज गर्न माग गरेको छ । नवनियुक्त मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै महासंघले यसअघिको शिक्षामन्त्री सुमना श्रेष्ठले जारी गरेको निर्देशिका खारेज गर्न माग गरेको हो । महासंघले उक्त निर्देशिका खारेज गर्नुपर्ने वा नगरेको खण्डमा शिक्षक सरुवा सहमतिको लागि राष्ट्रिय मापदण्ड तय गरी संशोधन गर्नुपर्ने माग गरेको हो। निवर्तमान शिक्षामन्त्री श्रेष्ठले शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ जारी गर्दै शिक्षकको सरुवाको लागि विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान ल्याएकी थिइन् । महासंघले सुरुदेखि नै उक्त प्रावधानको विरोध गर्दै आएको थियो । तर, श्रेष्ठले शिक्षकको…
Read More
पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगियो।

पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगियो।

काठमाडौं। साउन ४।।आज शुक्रबार बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँ स्थित सडकमा खसेको पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगिएको छ । उक्त बस संघीय राजधानी काठमाडौंतर्फ गइरहेको समय अचानक खसेको पहिरोबाट हुनसक्ने ठूलो दुर्घटनाबाट जोगिएको हो। यात्राका क्रममा जयपृथ्वी राजमार्गअन्तर्गत बगडगाउँस्थित सडकमा माथिबाट खसेको पहिरो बसमै परेको थियो । बाटोमा लामबद्ध भएर सवारी साधन गुडिरहेका बेला सबैभन्दा पछाडि रहेको बसमा अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन भने सकेन । पहिरोले बसको पछाडीको भागलाई छोएर भिरतर्फ धकेले पनी ठूलो आकारको बस भएकाले दुर्घटना हुन पाएन। अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस…
Read More
पटाका कारखानामा  विस्फोट, चार जनाको मृत्यु

पटाका कारखानामा  विस्फोट, चार जनाको मृत्यु

काठमाडौं। असार १५।। भारत स्थित दक्षिणी राज्य तमिलनाडुको एक पटाका बनाउने कारखाना शनिबार  विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।अन्य केही घाइते भएको अधिकारीले बताएका छन् । घटना चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको जनाइएको छ । प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो । घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
Read More
दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ का ५५ वर्षीय धङ्के भनिने धनसिंह डडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । भरुवा बन्दुक लिएर सेला वनमा शिकार खेल्न गएका सोही ठाउँका ५३ वर्षीय जयसिंह डडालले बोकेको बन्दुक पड्केर झाडीमा पासो थापेर बसेका धनसिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घटनामा संग्लन रहेका जयसिंहले शुक्रबार बेलुकी प्रहरी चौकी दल्लेखमा आत्मर्पण गरेका छन् । घटनाबारे थप अनुसन्धान गर्न सुरक्षाकर्मी खटिएको प्रहरीले जनाएको छ ।
Read More
गाडी ग्यारेजमा आगलागी९ लाख रुपैयाँबराबरकोक्षति

गाडी ग्यारेजमा आगलागी९ लाख रुपैयाँबराबरकोक्षति

बिर्तामोड असार ९ । बिर्तामोडको नयाँ बसपार्कमा रहेको ग्यारेजमा आगलागी भएको छ । अहिले बिहान बसपार्कमा रहेको एउटा गाडी ग्यारेजमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको र आगलागीबाट ९ लाख रुपैयाँबराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्टले बताए । आज बिहान ७ः३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको थियो । बिर्तामोड-३ मा डेरा गरी बस्ने कमल कालिकोटेले सञ्चालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा ९ लाख रुपैयाँबराबरको क्षति भएको हो । बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ८ः०५ बजे आयो नियन्त्रणमा आएको थियो ।  
Read More
बाँदर आंतक रोक्न जंगलमा फलफूलका बिरुवा  रोप्दै धनकुटाका किसान

बाँदर आंतक रोक्न जंगलमा फलफूलका बिरुवा रोप्दै धनकुटाका किसान

  धनकुटा ।असार ४ ॥ बाँदरको आंतक रोक्न धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरका किसानहरूले जंगलमा फलफूल रोप्न थालेका छन्। बर्सेनि बाँदरले बाली नष्ट गर्न थालेपछि किसानहरूले वनजंगलमा फलफूलजन्य बिरुवा रोप्न सुरु गरेका हुन्। धनकुटा जितपुर मात्र होइन, जिल्लाका अधिकांश किसानहरू बाँदरको आंतकबाट पीडित बन्दै आएका छन्। बर्सेनि किसानले खेतबारीमा लगाएको अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि जितपुरका किसानहरूले शर्मादेवी सामुदायिक वनमा फलफूलजन्य बिरुवाहरू रोप्न सुरु गरेका हुन्। वनजंगलमा फलफूलजन्य बोटविरुवा भएपछि बारीसम्म बाँदर नआइपुग्ने भएकाले विभिन्न प्रजातिका फलफूलजन्य करिब २ हजार बिरुवा रोपिएको सब-डिभिजन वन कार्यालय जितपुरकी फरेस्टर आयुष्मा गहतराजले जानकारी दिइन्। शर्मादेवी सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूको सहभागितामा वनमा अमला, बडहर, जामुन, कास्मिरी जामुन,…
Read More
झापाको बाह्रदशीमा अटोको ठक्करबाट एक  बालकको मृत्यु

झापाको बाह्रदशीमा अटोको ठक्करबाट एक  बालकको मृत्यु

झापा। जेठ ३१ ।(साझा अक्षर ) झापाको बाह्रदशीस्थित भित्री सडक खण्डमा अटोको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ पाख्रिवास धमलागाउँस्थित भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको मे १ ह ६२०२ नम्बरको अटोले धनकुटा घर भई हाल बाह्रदशी गाउँपालिका वडा नम्बर ६ बस्ने मामा टेकबहादुर भट्टराईको घरमा बस्दै आएका राजन कार्कीका छोरा ९ वर्षीय प्रज्वल कार्कीलाई ठक्कर दिएको थियो । टाउको र शरीरको विभिन्न भागमा चोट लागेर तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएकोमा बोल्न नसक्ने गम्भीर घाइते बालकलाई थप उपचारको लागि विराट मेडिकल अस्पतालको…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने…
Read More