इपुर्वी खबर

मनोरञ्जन

क्वेभर ब्यान्डको नयाँ म्युजिक भिडियो सार्वजनिक

क्वेभर ब्यान्डको नयाँ म्युजिक भिडियो सार्वजनिक

  झापा भाद्र १३ ।।नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेको क्वेभर ब्यान्ड नेपालले आफ्नो नयाँ गीत "संगीत मेरो" को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेको छ। निमा वाङ्गेल तामाङ, को स्वरमा रहेको गीतमा सुबास श्रेष्ठ (ड्रम), सन्तोष श्रेष्ठ (बास गिटार), सुरज गहतराज  (लीड गिटार), र सुदीप सिवा (बाँसुरी) ले साथ दिएका छन्। गीतको मिक्सिङ र एरेञ्ज जोनी तामाङ ले गरेका हुन्। भिडियोमा समना कार्की, युगेन लोहार र समिक्ष्या गौतम को अभिनय रहेको छ।  बिनोद जंग क्षेत्रीले छायाङ्कन गरेको म्युजिक भिडियोमा  सहायक छायांकन रबिन बस्नेत को रहेको छ। भिडियो सम्पादन सुभ बिबाह क्रिएसन स्टुडियो काँकरभिट्टा ले गरेको हो। सार्वजनिक म्युजिक भिडियोमा स्थानीय स्तरका…
Read More
सरोज अधिकारीको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

सरोज अधिकारीको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

  झापा ।। नेपाली चलचित्र र म्युजिक भिडियो क्षेत्रमा सक्रिय निर्देशक सरोज अधिकारीले करिब तीन वर्षपछि नयाँ म्युजिक भिडियो 'तन् दिए मन दिए'को म्युजिक भिडियोबाट  नेपाली सांगीतिक क्षेत्रमा फर्किएका छन् छन्। सार्वजनिक भएको केही समयमा नै भिडियोले सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया पाउँदै, दर्शक तथा श्रोतामाझ चर्चा कमाउन थालेको छ। यस म्युजिक भिडियोमार्फत करिब चार–पाँच वर्षपछि कलाकार चिरञ्जीवी अधिकारी पनि पुनः दर्शकमाझ फर्किएका छन्। उनीसँगै भूपाल मानसिंह कार्की, भूमिका मिश्र र आर्यन चुडालले म्युजिक भिडियोमा अभिनय गरेका छन्। नयाँ कलाकारहरूको जोडी र प्रस्तुतिलाई दर्शकले रुचाउने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ। निर्देशक अधिकारी पछिल्लो पटक ठूला ब्यानरको फिल्म ‘रावायण’ मा सहायक…
Read More
सिक्किमका दुई फाइनलिस्ट भोटको लागि अपिल गर्दै झापामा

सिक्किमका दुई फाइनलिस्ट भोटको लागि अपिल गर्दै झापामा

  बिर्तामोड भाद्र १  ।। नेपाली गायन रियालिटी शो “मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सल– सिजन २” को फाइनलमा पुग्न सफल भारत सिक्किम निवासी दुई प्रतिस्पर्धीहरू यतिखेर भारत तथा नेपालका विभिन्न सहरहरूमा भोट माग्ने क्रममा रहेका छन्। अहिलेसम्मको धेरै धनराशी पुरस्कार भएको चर्चित रियालिटी शो मेरो भ्वाइस युनिभर्सलमा भारत दार्जिलिङ निवासी दीपराज राई गायनबाट फाइनलमा प्रवेश गरेका छन् भने अमृता राई नृत्य विधाबाट फाइनलमा प्रवेश गरेकी छन्। फाइनलमा आफ्नो प्रस्तुतिसँगै दर्शकको भोट पनि त्यतिकै आवश्यक पर्ने हुनाले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दर्शक महानुभावहरुलाई भोट गर्न अपिल गर्दै उनीहरू यतिबेला देश विदेश दौडाहामा रहेका छन् कार्यक्रमको सिलसिलामै उनीहरू आज…
Read More
दोस्रो झापा रकस्टार को अडिसन साउन १० बाट विजेताले नगद ५० हजार पाउने

दोस्रो झापा रकस्टार को अडिसन साउन १० बाट विजेताले नगद ५० हजार पाउने

  बिर्तामोड साउन ८  ।। अमृत स्टोर बिर्तामोड झापाको आयोजनामा दोस्रो संस्करणको झापा रक स्टार  ब्यान्ड कम्पिटिसन आयोजना हुने भएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी  आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो। दोस्रो संस्करणको झापा रकस्टार विद्यालय स्तरीय रहने आयोजकले जानकारी गराएको छ। प्रतियोगितामा कक्षा ५ देखि कक्ष १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने आयोजकका प्रमुख अमृत पौडेलले जानकारी दिए । प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालय गरी कुल पाँचवटा विद्यालयहरूको सहभागिता रहेको र आज बेलुकासम्म अन्य विद्यालयहरू थप हुने  उनले बताए । प्रतियोगितामा सहभागिता जनाउने  ब्यान्डमा कम्तिमा पाँचजना सदस्यहरु अनिवार्य हुनुपर्नेछ । र र ब्यान्डमा एउटा  नेपाली लोक…
Read More
चलचित्र ‘जनै हराएको मान्छेको’ पोस्टर सार्वजनिक

चलचित्र ‘जनै हराएको मान्छेको’ पोस्टर सार्वजनिक

  झापा असार २२ ।। नेपाली कथानक चलचित्र 'जनै हराएको मान्छेको' पोस्टर सार्वजनिक गरिएको छ। झापाको बिर्तामोडस्थित QFX सिनेमा हलको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो। फरक तरिकाले चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै 'जनै हराएको मान्छेको' प्रचारप्रसार सुरु गरेको छ विजय बराल, केकी अधिकारी, मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रमा, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्डी, निरु खड्का गौतम, सुवास सिंह ठकुरी आदिको अभिनय रहेको छ । हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रलाई कमल न्यौपाने र बिमल न्यौपानीले…
Read More
इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा

इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा

  इलाम ।।  इलामलाई कुनै बेला संगितको राजधानी मानिने गरिन्थ्यो । इलामले थुप्रै पुराना श्रष्टा कलाकारहरु जन्माई सकेको छ भने धेरै नयाँ अनुहारहरु पनि अहिले सांगितिक क्षेत्रमा उदाइरहेका छन । अहिले नेपाली रियालीटी सो The voice of nepal सिजन ६ चल्दैछ । त्यही the voice मा इलामे गायक प्रमेश राईको चर्चा सुरुबाट नै निकै नै छ ।उनै प्रमेश अहिले टिम राजुबाट अन्तिम प्रतिस्पर्धीको रुपमा फाइनल राउन्डमा सुरक्षित भैसकेका छन । इलाम रोङ गाउँपालिका वडा ६ सन सिटि भिलेज सलकपुरका प्रमेश सामान्य परिवारमा हुर्किएका हुन । पुर्ण बहादुर राई र रेनुका तामाङको कोखबाट २०६० सालमा जन्मिएका प्रमेशलाई आफ्ना आमाबुवाले खेती किसान…
Read More
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोसी प्रदेश  अध्यक्षमा रोम घिमिरे सर्वसम्मत चयन  भएका छन् । मोरङको विराटचोक स्थित इन्द्रपुर जेसिसको सभाहलमा हिजो सम्पन्न प्रथम अधिवेशनबाट उनी  अध्यक्षमा चयन भएका हुन्।  घिमिरे प्रतिष्ठानको  तदर्थ समिति अध्यक्ष समेत रहेका थिए।   प्रतिष्ठानको प्रवक्तामा सदस्य निश्चल आचार्यलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष  सरोज आचार्य, प्रथम उपाध्यक्ष बोधराज पौडेल, द्वितीय उपाध्यक्ष मिलन दुलाल, महिला उपाध्यक्ष सरिता राना मगर, सचिव सुशील भट्टराई महिला सचिव शकुन्तला कार्की, सहसचिव डम्बरबहादुर घिमिरे, सहसचिव रवि किरण लिम्बु कोषाध्यक्ष टिकादेवी दाहाल, सह कोषाध्यक्ष तोयानाथ…
Read More
फुटबलर एन्जिलाको जीवनमा आधारित नेपाली फिल्म ‘अन्जिला’ फागुन २९ देखि प्रदर्शन हुने

फुटबलर एन्जिलाको जीवनमा आधारित नेपाली फिल्म ‘अन्जिला’ फागुन २९ देखि प्रदर्शन हुने

बिर्तामोड । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित चलचित्र अञ्जिला यही फागुन २९ देखि प्रदर्शनमा आउने भएको छ। आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत फिल्मका निर्माता तथा निर्देशकले  अन्जिला फिल्म प्रदर्शनको बारेमा जानकारी दिएका हुन् फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलताको कथा चलचित्रमा समेटीएको छ । तुम्बापोको बायोपिकको रुपमा निर्माण गरिएको चलचित्रमा स्वयम अञ्जिलानै मुख्य भुमिकामा देखिएकी छिन् । फिल्ममा एञ्जिला आफैँ प्रमुख भूमिकामा रहेकी तथा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका माता पिताको भूमिकामा रहेका छन् । चलचित्रमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से…
Read More
इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु

इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु

  इलाम ।।  इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु भएको छ । इलामको सूर्योदय ९ पान्दाममा घर छेउको रुखको हाँगा काट्ने क्रममा अरिँगालले टोकेर स्थानीय ५० वर्षीय शुक्रराज राईको मृत्यु भएको हो । गत कात्तिक २६ गते १५–२० वटा अरिँगालले राईलाई टोकेको थिए । अरिँगालको टोकाइले सुन्निएको शरीर नघटेपछि राईलाई केही दिनअघि मात्रै झापाको मनमोहन सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याएकोमा मङ्सिर ६ गते राईको मृत्यु भएको हो ।
Read More
चलचित्र १२ गाउँका कलाकार एक्कासी हलमा आइपुग्दा दर्शक दङ्ग

चलचित्र १२ गाउँका कलाकार एक्कासी हलमा आइपुग्दा दर्शक दङ्ग

  एकराज प्रधान बिर्तामोड । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा सोमबार चलचित्र ‘१२ गाउँ’ हेरिरहेका दर्शकहरु सरप्राइज भएका छन् । फिल्म हेरिरहेका दर्शक अचानक पर्दाका कलाकारहरुको रियल इन्ट्री भएपछि सरप्राइज भएका हुन् । ‘१२ गाउँ’का अभिनेता विराज भट्ट, अभिनेत्री न्यान्सी खड्का लगायतको निर्माण टिम दर्शकहरुमाझ पुगेका थिए । दर्शकहरुमाझ नजिकिँदै गरेको तिहारको शुभकामना दिँदै चलचित्रका निर्देशक समेत रहेका विराजले चलचित्र सफल बनाइदिनु हुने सम्पूर्ण दर्शकलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले दर्शकहरुमाझ फिल्मको लोकप्रिय डायलग ‘चट्टै होइन, चैट चैट चैट’ लाइभ प्रस्तुत गर्दा दर्शक उत्साहित भएका थिए । दर्शकले भने ‘समीर भट्ट खोइ, छोरा चाहियो छोरा’ भन्दै हुटिङ लगाएका थिए ।…
Read More