इपुर्वी खबर

चलचित्र ‘जनै हराएको मान्छेको’ पोस्टर सार्वजनिक

 

झापा असार २२ ।। नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेको’ पोस्टर सार्वजनिक गरिएको छ।

झापाको बिर्तामोडस्थित QFX सिनेमा हलको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो।

फरक तरिकाले चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै ‘जनै हराएको मान्छेको’ प्रचारप्रसार सुरु गरेको छ

विजय बराल, केकी अधिकारी, मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रमा, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्डी, निरु खड्का गौतम, सुवास सिंह ठकुरी आदिको अभिनय रहेको छ ।

हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रलाई कमल न्यौपाने र बिमल न्यौपानीले निर्माण गरेका हुन्। चलचित्र यही असार ६ गतेबाट देशैभरी एकैसाथ प्रदर्शनमा आउने भएको छ। चर्चित तथा अहिलेका नाम चलेका कलाकारहरूको मुख्य भूमिका र सफल निर्देशकद्वारा निर्देशित चलचित्र सफल हुने निर्माण पक्षको दाबी रहेको छ।

पोस्टर सार्वजनिक कार्यक्रमम नेपाल चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोखरेल, चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष केवल तामाङ, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विशाल थापा र युवा व्यवसायी शैलेन्द्र कुरुम्वाङको उपस्थिति रहेको थियो ।

पोस्टर सार्वजनिक कार्यक्रमको चलचित्र पत्रकार सङ्घ कोशी प्रदेश सदस्य सुनिता तामाङले सहजीकरण गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...