बिर्तामोड, २२ असार।। बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए (GPA) प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ। नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई दोसल्ला ओढाएर नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। सम्मानित विद्यार्थीहरूमा वडा नं. २ स्थित मोहनमाया माध्यमिक विद्यालयका येलिना तिम्सिना, अनुपमा निरौला, अनुराग लुईटेल र अश्विन लुईटेल; वडा नं. ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयकी विद्या दाहाल; वडा नं. १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेसनका अंकित कटुवाल र हृदय प्रसाद सिवाकोटी; तथा वडा नं. ५ स्थित अनारमनी लिबर्टी स्कुलका सौरभ अग्रवाल र सरोज निरौला रहेका छन्। उनीहरूका साथै अभिभावकहरू…

झापा असार २२ ।। नेपाली कथानक चलचित्र 'जनै हराएको मान्छेको' पोस्टर सार्वजनिक गरिएको छ। झापाको बिर्तामोडस्थित QFX सिनेमा हलको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो। फरक तरिकाले चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै 'जनै हराएको मान्छेको' प्रचारप्रसार सुरु गरेको छ विजय बराल, केकी अधिकारी, मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रमा, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्डी, निरु खड्का गौतम, सुवास सिंह ठकुरी आदिको अभिनय रहेको छ । हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रलाई कमल न्यौपाने र बिमल न्यौपानीले…