इपुर्वी खबर

एसइइमा 4 जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान

 

बिर्तामोड, २२ असार।। बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए (GPA) प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ।

नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई दोसल्ला ओढाएर नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

सम्मानित विद्यार्थीहरूमा वडा नं. २ स्थित मोहनमाया माध्यमिक विद्यालयका येलिना तिम्सिना, अनुपमा निरौला, अनुराग लुईटेल र अश्विन लुईटेल; वडा नं. ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयकी विद्या दाहाल; वडा नं. १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेसनका अंकित कटुवाल र हृदय प्रसाद सिवाकोटी; तथा वडा नं. ५ स्थित अनारमनी लिबर्टी स्कुलका सौरभ अग्रवाल र सरोज निरौला रहेका छन्।

उनीहरूका साथै अभिभावकहरू र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई पनि नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले खादा र टीका लगाएर सम्मान गरे।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले शिक्षकहरूको मेहनत र अभिभावकको सहयोगकै कारण विद्यालयहरू क्रमशः उत्कृष्ट बन्दै गइरहेको बताइन। उहाँले सामुदायिक होस् वा संस्थागत भेदभाव नगरी विद्यार्थीको भविष्यलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले कक्षा ८ र एसईईको प्रगति विवरण प्रस्तुत गरेका थिए।

यस्तै, महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेलले आगामी वर्षमा विद्यालयको शैक्षिक गुणस्तरमा अझ सुधार ल्याउने प्रतिबद्धता जनाउँदै नगरपालिकालाई आवश्यक नीतिगत सहयोग गर्न आग्रह गर्नुभयो।सम्मानित विद्यार्थीहरूको तर्फबाट मोहनमाया माध्यमिक विद्यालयकी छात्रा येलिना तिम्सिनाले धारणा व्यक्त गरेकी थिइन्।

कार्यक्रम सञ्चालन शिक्षा शाखाकी अधिकृत जानुका रेग्मीले गर्नुभएको थियो भने लासाङ तामाङले स्वागत मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...