झापा भाद्र १३ ।।नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेको क्वेभर ब्यान्ड नेपालले आफ्नो नयाँ गीत “संगीत मेरो” को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेको छ।
निमा वाङ्गेल तामाङ, को स्वरमा रहेको गीतमा सुबास श्रेष्ठ (ड्रम), सन्तोष श्रेष्ठ (बास गिटार), सुरज गहतराज (लीड गिटार), र सुदीप सिवा (बाँसुरी) ले साथ दिएका छन्। गीतको मिक्सिङ र एरेञ्ज जोनी तामाङ ले गरेका हुन्।
भिडियोमा समना कार्की, युगेन लोहार र समिक्ष्या गौतम को अभिनय रहेको छ। बिनोद जंग क्षेत्रीले छायाङ्कन गरेको म्युजिक भिडियोमा सहायक छायांकन रबिन बस्नेत को रहेको छ। भिडियो सम्पादन सुभ बिबाह क्रिएसन स्टुडियो काँकरभिट्टा ले गरेको हो।
सार्वजनिक म्युजिक भिडियोमा स्थानीय स्तरका विभिन्न संस्थाहरू र व्यक्तिहरूको साथ सहयोग रहेको । रेडियो साथी ९८.६ मेगाहर्ज, सुरज प्रधान, होटल कोहिनुर बिर्तामोड, पौराबी यातायात, भट्टी चुलो खाजा घर, मोन्स्टर जिम, न्यूमा ब्यूटी पार्लर, होटल ताज इन्टरनेशनल, फुलबारी यातायात, डीउड्रप्स पिउने पानी, पाथिभरा प्रिन्टिङ प्रेस लगायतका संस्था र व्यक्तिहरूको साथ सहयोग रहेको छ
क्वेभर ब्यान्ड नेपालले यस गीतमार्फत संगीतप्रतिको समर्पण र सन्देशलाई श्रोतासामु पुर्याउने उद्देश्य लिएको छ।