झापा भाद्र १३ ।।नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेको क्वेभर ब्यान्ड नेपालले आफ्नो नयाँ गीत "संगीत मेरो" को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेको छ। निमा वाङ्गेल तामाङ, को स्वरमा रहेको गीतमा सुबास श्रेष्ठ (ड्रम), सन्तोष श्रेष्ठ (बास गिटार), सुरज गहतराज (लीड गिटार), र सुदीप सिवा (बाँसुरी) ले साथ दिएका छन्। गीतको मिक्सिङ र एरेञ्ज जोनी तामाङ ले गरेका हुन्। भिडियोमा समना कार्की, युगेन लोहार र समिक्ष्या गौतम को अभिनय रहेको छ। बिनोद जंग क्षेत्रीले छायाङ्कन गरेको म्युजिक भिडियोमा सहायक छायांकन रबिन बस्नेत को रहेको छ। भिडियो सम्पादन सुभ बिबाह क्रिएसन स्टुडियो काँकरभिट्टा ले गरेको हो। सार्वजनिक म्युजिक भिडियोमा स्थानीय स्तरका…

झापा भाद्र १३ ।। झापाको अर्जुनधारामा अर्जुनधारा राष्ट्रिय महिला भलिबल लिग प्रतियोगिता हुने भएको छ। लक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता २०८२असोज ६ गतेदेखि ११ गतेसम्म अर्जुनधारा ६ स्थित लक्ष्मी माविको खेलमैदानमा हुनेछ लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमहरु नेपाल एपीएफ, नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लब ,कोशी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र न्यु डाइमण्ड भलिबल क्लब को सहभागिता रहनेछ प्रतियोगिता आयोजना गर्न विभिन्न समिति तथा उपसमिति निर्माण गरी काम सुरु गरिएको छ। प्रभा काम्बाङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा रोशन डाँगी, फडेन्द्र सिग्देल, कृष्ण खड्का, मिलन लिम्बु ,जीवन लिङ्देन, जीवन खनाल ,विराज सुवेदी ,सुशील…