इपुर्वी खबर

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

 

प्रतिष्ठानको प्रवक्तामा सदस्य निश्चल आचार्यलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष  सरोज आचार्य, प्रथम उपाध्यक्ष बोधराज पौडेल, द्वितीय उपाध्यक्ष मिलन दुलाल, महिला उपाध्यक्ष सरिता राना मगर, सचिव सुशील भट्टराई महिला सचिव शकुन्तला कार्की, सहसचिव डम्बरबहादुर घिमिरे, सहसचिव रवि किरण लिम्बु कोषाध्यक्ष टिकादेवी दाहाल, सह कोषाध्यक्ष तोयानाथ भट्टराई सर्वसहमत चयन भएका छन्।

यसैगरी सदस्यमा  राम नेपाली, शिव नेपाल, दुलहरी घतानी, भोलामान गुरुङ, गङ्गा गौतम, शान्ता तिम्सिना, तेजेन्द्र गन्धर्व, शिवराज भट्टराई सर्वसम्मत चयन भएका छन् ।

 

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष रोम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यता रहेको थियो।  उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगर। सांगठनिक विभाग प्रमुख सुबास के सी महासचिव शिव हमाल  लगायतले शुभकामना मन्तव्य सँगै आफ्ना चर्चित गीतहरू गाएर दर्शकहरूलाई नचाएका थिए।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य देवी दुलाल वर्तमान कार्यसमितिका केन्द्रीय  सदस्य रमेश आचार्य लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा  लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्षहरू जिल्लाबाट छनोट भएर आउनुभएका प्रतिनिधिहरू र बाक्लो सङ्ख्यामा गीतसगीत प्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा प्रतिष्ठान कोशी प्रदेशकी कोषाध्यक्ष टिकादेवी दाहालले स्वागत गरेकि थिइन् कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोशी प्रदेश सचिव सुशील भट्टराईले  गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...