इपुर्वी खबर

सरोज अधिकारीको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

 

झापा ।। नेपाली चलचित्र र म्युजिक भिडियो क्षेत्रमा सक्रिय निर्देशक सरोज अधिकारीले करिब तीन वर्षपछि नयाँ म्युजिक भिडियो ‘तन् दिए मन दिए’को म्युजिक भिडियोबाट  नेपाली सांगीतिक क्षेत्रमा फर्किएका छन् छन्।

सार्वजनिक भएको केही समयमा नै भिडियोले सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया पाउँदै, दर्शक तथा श्रोतामाझ चर्चा कमाउन थालेको छ।

यस म्युजिक भिडियोमार्फत करिब चार–पाँच वर्षपछि कलाकार चिरञ्जीवी अधिकारी पनि पुनः दर्शकमाझ फर्किएका छन्। उनीसँगै भूपाल मानसिंह कार्की, भूमिका मिश्र र आर्यन चुडालले म्युजिक भिडियोमा अभिनय गरेका छन्। नयाँ कलाकारहरूको जोडी र प्रस्तुतिलाई दर्शकले रुचाउने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ।

निर्देशक अधिकारी पछिल्लो पटक ठूला ब्यानरको फिल्म ‘रावायण’ मा सहायक निर्देशकका रूपमा संलग्न भएका थिए। उनी नेपाली चलचित्र क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका छन् र अहिलेसम्म करिब तीन दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। , ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ जस्ता सुपरहिट नेपाली चलचित्रमा पनि सहायक निर्देशकका रूपमा योगदान दिइसकेका छन्।

“फिल्मसँगै म्युजिक भिडियो पनि मेरो लागि रुचिको विषय हो हो। लामो अन्तरालपछि यसमार्फत दर्शकमाझ फर्कन पाउँदा निकै उत्साहित छु। यो भिडियोले नयाँपन र भावनात्मक स्पर्श दिने विश्वास लिएको छु।” निर्देशक अधिकारीले भने

निर्माण टिमका अनुसार भिडियोले छोटो समयमै राम्रो प्रतिक्रिया पाएको छ र दर्शकलाई अझ फरक तथा उत्कृष्ट सामग्री दिने दाबी गरिएको छ।

चिरञ्जीवी अधिकारीको रचनामा रहेको गीतलाई दीपकराज विश्वकर्माले संगीत भरेका छन्। उक्त गीतमा गायक मनोजराज शिवाकोटीको स्वर रहेको छ

भिडियो लिंक सहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...