इपुर्वी खबर

सुक्खा मौसममा डढेलो लाग्न नदिउ…..

सुक्खा मौसममा डढेलो लाग्न नदिउ…..

सुक्खा मौसममा डढेलो लाग्न नदिउ…..

झापा।। अहिलेको समयमा बिभिन्न ठाउँहरूमा सुकेका पातहरू धेरै हुने अथवा धेरै स्थानमा सुक्खाहुने समय छ। सुक्खा समय भएकै कारण धेरै भागमा डढेलोको जोखिम प्राय हरेक वर्ष हुने गरेको पाईन्छ।यस वर्ष पनि सामुदायिक, निजी र राष्ट्रिय वनमा डढेलो लागिरहेको पाइन्छ। विज्ञहरूका अनुसार डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ। डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण‚ १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ। ३ प्रतिशत डढेलोका कारण थाहा पाउन नसकिएको उनिहरूको भनाई रहेको छ। त्यसो त सरकारले हरेक वर्ष वन डढेलो सम्बन्धित जनचेतना सप्ताह लगाएतका डढेलो नियन्त्रणका लागी बिभिन्न कार्यक्रम गर्दछ तर अझैपनी धेरै प्रयासहरु प्रभावकारी हुन नसक्दा यो समस्या…
Read More
आज नेप्से २३ दशमलव ८६ अङ्कले बढ्यो

आज नेप्से २३ दशमलव ८६ अङ्कले बढ्यो

काठमाडौं।। आज शेयर बजार परिसूचक नेप्से २३ दशमलव ८६ अङ्कले बढेको छ। हिजो झन्डै १७ अङ्कले घटेको शेयर बजार आज बढेर २ हजार ७ सय दशमलव ०४ विन्दुमा पुगेको हो। उकालो लागेको तथ्याङ्क नियाल्दा उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको देखिन्छ।त्यसैगरी सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।तर आज बजार बढेको दिन पनी बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने १० प्रतिशतले घटेको पाइयो। समग्रमा नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज…
Read More
ताप्लेजुङबाट झापा आउँदै गरेको बोलेरो दुर्घटना, ५ जना घाइते…

ताप्लेजुङबाट झापा आउँदै गरेको बोलेरो दुर्घटना, ५ जना घाइते…

इलाम। । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। आज साँझ मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका १ रक्से नजिकै मे १ ज २६ ४५ नं. को बोलेरो अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो । बोलेरोमा सवारमध्ये पाँचजना घाइते भएका छन्। घाइते हुनेहरूमा ताप्लेजुङ फुङ्लिङ –१० बस्ने ३९ वर्षीय मंगलबिर लिम्बू (दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ), ताप्लेजुङ मिक्वा खोला –१ बस्ने अन्दाजी ४१ वर्षीया कमला लिम्बू ( कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ) त्यसैगरी फुङ्लिङ– १० बस्ने अन्दाजी ६२ वर्षीया दुर्गामाया…
Read More
रजत महोत्सवको अवसरमा अग्रसेन भवन बिर्तामोडमा दिव्य श्री राम कथाको आयोजना गरिने…… 

रजत महोत्सवको अवसरमा अग्रसेन भवन बिर्तामोडमा दिव्य श्री राम कथाको आयोजना गरिने…… 

झापा। अग्रसेन भवन बिर्तामोडले रजत महोत्सवका अवसरमा ९ औं दिवसीय दिव्य श्री राम कथाको आयोजना गरेको छ ।आगामी चैत २२ गतेदेखि २९ गतेसम्म राम कथाको आयोजना गरेको हो । आध्यात्मिक तथा सेवा भावले अग्रसेन भवनले रजत महोत्सवका अवसमा राम कथा सहित नवनिर्मत अग्रसेन भवनको माथिल्लो तला उद्घाटनसंगै रक्तदान, कृत्रिम खुट्टा बितरण र योग सिशिरको आयोजना गरिएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । हरिद्वारा भारतका प्रशिद्ध कथा बाचक नवराज प्रपन्नजी महाराजले राम कथा वाचन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही अवसरमा २६ जनालाई कृत्रिम खुट्टा बितरण, औषधि रहित जीवन जीउनका लागि सहयोग पु¥याउन सात दिवसीय योग…
Read More
मुस्लिम समुदायले आज इदपर्व मनाउँदै: देशैभरी सार्वजनिक विदा

मुस्लिम समुदायले आज इदपर्व मनाउँदै: देशैभरी सार्वजनिक विदा

  झापा चैत्र १८ ।। इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले आज इद उल फित्र अर्थात इद मनाउँदै छन् । हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व इदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ । इद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ । रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन् । यो महिना इबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ…
Read More
यूवा व्यवसायीद्वारा ज्येष्ठ नागरिकलाइ छाता र लौरो प्रदान

यूवा व्यवसायीद्वारा ज्येष्ठ नागरिकलाइ छाता र लौरो प्रदान

  बिर्तामोड चैत्र १६ बिर्तामोडका युवा व्यवसायी बिनोद दाहाल र दिनेश दाहालले बुद्धशान्ति गा.पा.–६, स्थित आदर्श ज्येष्ठ नागरिक चौतारीमालाई एक कार्यक्रमका वीच लौरो र छाता हस्तान्तरण गर्नु भएको छ । चौतारीद्वारा पाक्षिक रुपमा आयोजना गरिने भेटघाट एवं भजन कीर्तन कार्यक्रमका वीच चैत्र १६ गते चौतारीलाई ५५ थान लौरो र छाता प्रदान गर्नु भएको छ । चौतारीका तर्फबाट अध्यक्ष केशव भट्टराई र सचिव कृष्ण आचार्यले धन्यवाद मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा समिति पदाधिकारी लगायत तीन दर्जन बढी ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो । मन्तव्यको क्रममा व्यवसासी बिनोद दाहालले वर्तमान समयमा यूवा अत्यन्त व्यस्त रहने र इच्छा हुँदा हुँदै पनि अभिभावकहरुलाई सोचे…
Read More
बिर्तामोडमा ‘प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता’ हुने

बिर्तामोडमा ‘प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता’ हुने

  बिर्तामोड, १५ चैत : बिर्तामोडमा 'प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता' हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ खेलकद विकास समितिको सह-आयोजनामा चैत १८ गतेदेखि प्रतियोगिता हुने भएको हो । वडा नम्बर ४ मा आयोजित यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागि फारम खुलेको छ । ईच्छुकहरुले चैत १६ गतेसम्ममा फारम भरेर बुझाउनु पर्ने खेल संयोजक विशाल अग्रवालले जानकारी दिनु भयो । यसको फारम वडा नम्बर ४ को कार्यालय र बिर्तामोड स्नुकरमा उपलव्ध रहेको जनाईएको छ । प्रतियोगितामा नाम दर्ताका लागि १ हजार शुल्क तोकिएको छ । यस…
Read More
हत्या गरी गाडिएको अवस्थामा बिमलाको सब फेला

हत्या गरी गाडिएको अवस्थामा बिमलाको सब फेला

  झापा  ।। १५ दिन अघिदेखि हराइरहेकी इलाम फाकफोकथुम ३ सल्लेरी बस्ने १९ वर्षीया बिमला कट्टेललाई हत्या गरी गाडेको अबस्थामा शव फेला परेको छ । हत्या गरेको आशंकामा उनका श्रीमान २५ वर्षीय उमेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत चैत १ गतेदेखि बिमला हराएको सम्बन्धमा ससुरा कृष्णलाल गिरीले खोजतलासको लागि निबेदन दिएका थिए । अनुसन्धानको क्रममा बिमलालाई हत्या गरी फाकफोकथुम वडा नं.२ धार्ने खोपस्थित दाहाल गोलाईमा गाडिएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी निरीक्षक रमेश राई नेतृत्वको टोलीले आज बिहान १ बजे गाडिएको ठाउँ फेला पारी शव उत्खनन् कार्य भइरहेको इलाम प्रहरीले जनाएको…
Read More
एमालेले चैत ३० गते  दमकमा बृहत जनसभा गर्ने

एमालेले चैत ३० गते दमकमा बृहत जनसभा गर्ने

  दमक चैत्र १४ । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयो । आज दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताउनुभयो । जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नेकपा एमाले, नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने बताउनुभयो । पत्रकार…
Read More
खेतको पानीमा डुबेर वृद्धको मृत्यु

खेतको पानीमा डुबेर वृद्धको मृत्यु

  झापा चैत्र १४ ।। झापाको गौरादहमा धान खेतको पानीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ । हिजो दिउँसो घरनजिकैको आलीबाट लडेका गौरादह-१ बस्ने ६२ वर्षीय मेघराज दाहालको धान खेतको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान अन्दाजी १० बजे घरमा कसैलाई नसोधी हिँडेकोमा धेरै समय घर फर्की नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा दिउँसो २ः३० बजे धान खेतमा घोप्टो परी उनी मृत अवस्थामा फेला परेका थिए । उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको भन्ने बुझिएको छ । सम्पूर्ण कानुनी प्रक्रियापश्चात् शव पोस्टमार्टनका लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
Read More