इपुर्वी खबर

ताप्लेजुङबाट झापा आउँदै गरेको बोलेरो दुर्घटना, ५ जना घाइते…

इलाम। । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। आज साँझ मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका १ रक्से नजिकै मे १ ज २६ ४५ नं. को बोलेरो अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो ।

बोलेरोमा सवारमध्ये पाँचजना घाइते भएका छन्। घाइते हुनेहरूमा ताप्लेजुङ फुङ्लिङ –१० बस्ने ३९ वर्षीय मंगलबिर लिम्बू (दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ), ताप्लेजुङ मिक्वा खोला –१ बस्ने अन्दाजी ४१ वर्षीया कमला लिम्बू ( कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ) त्यसैगरी फुङ्लिङ– १० बस्ने अन्दाजी ६२ वर्षीया दुर्गामाया लिम्बू (टाउकोमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको छ।

त्यस्तै गरेर झापा अर्जुनधारा –७ बस्ने १७ वर्षीया समीक्षा खड्का, पाँचथर कुम्मायक – ५ बस्ने अन्दाजी ३० वर्षीया इन्दिरा लिङ्दम लिम्बू रहेको र अवस्था सामान्य रहेको जनाइएको छ।

घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी निरीक्षक संजीव बोगटीले बताए । दुर्घटना भएको भन्ने खबर अस्थायी प्रहरी बिट नेपालटारमा प्राप्त हुनसाथ ३ जना प्रहरी टोली खटिएको र बोलेरो चालक पाँचथर फिदिम नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी ३८ वर्षीय बिक्रम नेम्बाङलाई अस्थायी प्रहरी बिट नेपालटारले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...