इपुर्वी खबर

रजत महोत्सवको अवसरमा अग्रसेन भवन बिर्तामोडमा दिव्य श्री राम कथाको आयोजना गरिने…… 

झापा। अग्रसेन भवन बिर्तामोडले रजत महोत्सवका अवसरमा ९ औं दिवसीय दिव्य श्री राम कथाको आयोजना गरेको छ ।आगामी चैत २२ गतेदेखि २९ गतेसम्म राम कथाको आयोजना गरेको हो ।

आध्यात्मिक तथा सेवा भावले अग्रसेन भवनले रजत महोत्सवका अवसमा राम कथा सहित नवनिर्मत अग्रसेन भवनको माथिल्लो तला उद्घाटनसंगै रक्तदान, कृत्रिम खुट्टा बितरण र योग सिशिरको आयोजना गरिएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

हरिद्वारा भारतका प्रशिद्ध कथा बाचक नवराज प्रपन्नजी महाराजले राम कथा वाचन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सोही अवसरमा २६ जनालाई कृत्रिम खुट्टा बितरण, औषधि रहित जीवन जीउनका लागि सहयोग पु¥याउन सात दिवसीय योग शिविर लगायतका कार्यक्रम आयोजना गरिएको अग्रसेन भवन बिर्तामोडका अध्यक्ष सुरेश कुमार अग्रवाल ‘भद्रपुरे’ले जानकारी दिए ।

२२ गते शुक्रवार विहान ७ वजेदेखि विभिन्न झाँकी सहित मानसग्रन्थ एवम् कलश शोभायात्रा, सोही दिन अग्रसेन भवनको नव निर्मित माथिल्लो तलाको उद्घाट गरिने छ । जसको उद्घाटन अग्रसेन भवनका सल्लाहकार जगदीश मिण्डाले गर्ने छन् भने नव निर्मत कोठा सहित हलको उद्घाटन अर्का सल्लाहकार छविलदाश वंसलले गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समिति संयोजक सन्तोष अग्रवालले जानकारी दिए ।

त्यस्तै २३ गतेदेखि २९ गतेसम्म हरेक दिन योग शिविर, चैत २५ गते विहान ११ वजेदेखि रक्तदान, २६ गते निःशुल्क कृत्रिम खुट्टा वितरण, ३० लगे राम कथा समापन तथा महा प्रसाद वितरण कार्यक्रम रहेको प्रचार समितिका दिपक मित्तलले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कार्यक्रम सफल बनाउन १५ बढी सामाजिक संघ संस्थाको सहयोग रहने बताइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुव्रत न्यौपानेले सञ्चारमाध्यमले धार्मिक प्रचारप्रसारका लागि उल्लेख्य सहयोग पुर्याउने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...