इपुर्वी खबर

प्रमुख समाचार

विमान दुर्घटना थप अपडेट…….

विमान दुर्घटना थप अपडेट…….

दुई सय ४२ यात्रु बोकेर लन्डनका लागि उडेको बोइङ ७८७ ड्रिमलाइनर विमान उडान भरेको केहीबेरमै विस्फोट भएको थियो। एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१ ले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटपछि १:४० बजे विमानस्थल नजिकै दुर्घटनाग्रस्त भयो। विमान विमानस्थल परिसरसँगै रहेको एयर कस्टम कार्गो अफिस नजिकै खसेको थियो। प्रारम्भिक रिपोर्टका अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ। हालसम्म प्राप्त जानकारी अनुसार, टेकअफका क्रममा विमान विमानस्थलको पर्खालमा ठोक्किएर आगो लागेको थियो। यद्यपि, दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ।
Read More
प्याब्सन झापाको भवन स्तरोन्नति गरिदैं। 

प्याब्सन झापाको भवन स्तरोन्नति गरिदैं। 

झापा।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भवनको स्तरोन्नति गर्ने भएको छ । बिर्तामोड  नगरपालिका १ स्थित गैरीगाउँमा रहेको एक तले भवनको स्तरोन्नति गर्दै आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । जसका लागि प्याव्सन झापाका प्रमुख सल्लाहकार एवम् कोशी प्रदेशका सचिव गौरीमान फागोको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा एलपी उप्रेती, छत्रवहादुर कार्की सहित सचिवालयका अन्य सदस्य रहेका छन् । सचिवालमा हरिकृष्ण पठक, टीआर गौतम, इश्वरा श्रेष्ठ, लक्ष्मीप्रसाद उप्रेती, अमृत कुमार तिम्सिना, जीवन शिवाकोटी , विनोद सुब्बा र नारायण सुवेदी रहेका छन् । समितिले भवन निर्माणको काम तत्कालै शुरु गर्ने जनाइएको…
Read More
नागढुङ्गा नौबिसे सडक थप पाँच दिन बन्द हुने

नागढुङ्गा नौबिसे सडक थप पाँच दिन बन्द हुने

काठमाण्डाै।। नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिन बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले एक सूचना जारी गर्दै जेठ २६ देखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो । सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड बन्द हुने समयमा विकल्पका रूपमा सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।
Read More
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

झापा । झापाको कमल गाउँपालिका ३ सानो केर्खामा हिजो भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । हिजो साँझ ७ः५५ बजे सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा प्र.१-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकलमा घर विदा पूरा गरी व्यारेकतर्फ जादैगर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका जनाइएको छ। दुर्घटनामा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका ४ बस्ने हाल इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत ४८ वर्षीय पुरनलाल राजंवशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा राति ९ बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले…
Read More
शव लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन घाइते

शव लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन घाइते

रामेछाप । रामेछापबाट शव लिएर काठमाडौंतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा पर्दा तीन जना घाइते भएका छन्। एम्बुलेन्स जिल्लाको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटनामा पर्दा तीन जना घाइते भएका हुन्। एम्बुलेन्स सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटनामा परेको रामेछाप प्रहरीले जानकारी दिएको छ। शव बोकेको उक्त एम्बुलेन्समा चार जना चढेका चडेका थिए जस मध्ये तिन जना घाइते भएका हुन्। घाइते हुनेहरूमा एम्बुलेन्स चालक रामेछापका २४ वर्षीय सुरेश मगर, रामेछापकै ४१ वर्षीय नारायणबहादुर नेपाली र रामेछापकै ५३ वर्षीय दिलबहादुर दमाई रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई उपचारका लागि धुलिखेल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ।
Read More
सगरमाथा संवादको उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

सगरमाथा संवादको उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

काठमाण्डाै। आज शुक्रबार काठमाण्डाैमा बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि आज सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवम् संवाद व्यवस्थापन समिति संयोजक डा. आरजु राणा देउवाले ‘मिडिया ब्रिफिङ’ मार्फत दुवै सत्र सफलताका साथ सम्पन्न भएको जानकारी गराएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गरी संवादको औपचारिक उद्घाटन गर्दै संवाद सत्रमा संवादको दृष्टिकोण र विश्वले जलवायु परिवर्तनसहित धेरै दबावपूर्ण चुनौतीहरूको सामना गरिरहेका बेला यसको महत्त्व समेत प्रस्तुत गर्दै चुनौती सम्बोधन गर्न ‘संवादको शक्ति’ मा पनि जोड दिए ।सम्बोधन गर्नुअघि उनले आधिकारिक रूपमा सरकारको राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडीसी) अनावरण गर्नुका…
Read More
आज शेयर बजार ओरालो लाग्यो

आज शेयर बजार ओरालो लाग्यो

काठमाण्डाै। आज शेयर बज नेप्से कारोबार ८ दशमलव ४१ अङ्कले घटेर २ हजार ६ सय ११ दशमलव ८५ विन्दुमा झरेको छ। गत आइतवार १२ दशमलव ५३, मङ्गलवार १४ दशमलव ८७ र बुधवार १३ दशमलव ९३ अङ्कले घटेकोमा आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ। विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । कर्पाेरेट विकास बैंकको शेयर साढे ८ प्रतिशतले घटेको छ भने समग्र बजार घट्दा ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर १० प्रतिशतले बढ्यो। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ सय २०…
Read More
जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा सगरमाथा संवाद हुने

जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा सगरमाथा संवाद हुने

काठमाण्डाै – आउँदो शुक्रवारदेखि शुरू हुने सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा एक सय ७५ जना विदेशी पाहुनासहित तीन सय ५० जना सहभागी हुने जानकारी दिएकी हुन्। उनले संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग 'साइडलाइन' भेटवार्ताको व्यवस्था गरिएको बताइन्। संवादको तयारी अन्तिम चरणमा पुगेको छ । तयारी स्वरूप सरकारले १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरेको छ । तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने परराष्ट्रमन्त्री राणाले…
Read More
काश्मीरको बिभिन्न स्थानमा हवाई आक्रमण

काश्मीरको बिभिन्न स्थानमा हवाई आक्रमण

नयाँ दिल्ली।। भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका नौ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमणमा भएको जनाएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न स्थानमा आक्रमण भएको दाबी गरेको छ। यो हवाई आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायले पनि प्रतिक्रिया जनाइसकेका छन्। अमेरिकी विदेशमन्त्री मार्क रुबियोले घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ। अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन्। संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन्। पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको…
Read More
झापामा राजनीतिक दलहरुबाट प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धता… 

झापामा राजनीतिक दलहरुबाट प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धता… 

झापा। ।झापामा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धतासहित हस्ताक्षर गरेका छन्। बिर्तामोडमा आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा झापाका १० वटा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धतासहित हस्ताक्षर गरेका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाले ’प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक अन्तर सम्वाद कार्यक्रमको आयोजना गरेको थियो सोहि कार्यक्रममा सहभागी राजनीतिक दलहरुले साझा प्रतिवद्धता जनाएका हुन्। कार्यक्रममा नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेकपा (माओवादी केन्द्र) झापा संयोजक राजु आचार्य अग्नि, राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा…
Read More