पाँचथर । मेचि राजमार्गअन्तर्गत फिदिम र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन मोडुलर पुल (बेलिब्रिज) भाँचिँदा गम्भीर घाइते भएका ६ जना मजदुरहरूमध्ये उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीका अनुसार आइतबार राति नोबल मेडिकल कलेज, विराटनगरमा उपचाररत ३ कामदारको ज्यान गएको हो। मृत्यु हुनेमा बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रुपलाल चौधरी, राजा चौधरी, राकेश चौधरी, रहेका छन् शनिबार पुल निर्माणको क्रममा बारीपारी जोड्ने बेलामा पुल अचानक भाँचिँदा उनीहरू गम्भीर घाइते भएका थिए। पाँचथरमै प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि उनीहरूलाई बिराटनगरस्थित नोबल अस्पताल रिफर गरिएको थियो। हाल मृतक तीनै जनाको शव…

भारतको पश्चिमी शहर अहमदाबादमा बिहीबार लन्डनका लागि उडेको यात्रुवाहक विमान दुर्घटना भएको थियो । उक्त विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ। लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएकोमा दुर्घटनास्थलमा एक जना जीवित फेला परेका छन् । भारतीय समाचार संस्थाका अनुसार विमानको ११-ए सीटमा बसेका यात्रु जीवितै भेटिएका हुन् । घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘‘हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ । हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो…

दुई सय ४२ यात्रु बोकेर लन्डनका लागि उडेको बोइङ ७८७ ड्रिमलाइनर विमान उडान भरेको केहीबेरमै विस्फोट भएको थियो। एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१ ले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटपछि १:४० बजे विमानस्थल नजिकै दुर्घटनाग्रस्त भयो। विमान विमानस्थल परिसरसँगै रहेको एयर कस्टम कार्गो अफिस नजिकै खसेको थियो। प्रारम्भिक रिपोर्टका अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ। हालसम्म प्राप्त जानकारी अनुसार, टेकअफका क्रममा विमान विमानस्थलको पर्खालमा ठोक्किएर आगो लागेको थियो। यद्यपि, दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ।

काठमाडौं– भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमान दुर्घटनास्त क्षेत्रको आकाशमा कालो धुँवा उडिरहेको छ । अहमदाबाद विमानस्थलबाट उडान भरेलगत्तै विमान दुर्घटनमा परेको बताइएको छ । दुर्घटनाबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । यसअघि पनि एअर इन्डियाका पाँच विमानहरू दुर्घटनामा परेका थिए । ती दुर्घटनामा सयौँ नागरिकको ज्यान गएको थियो । यस अघी सन् १९७८ जनवरी १ मा मुम्बई नजिकै अरब सागरमा एयर इन्डियाको बोइङ७४७ फ्लाइट ८५५ दुर्घटनाग्रस्त भएको थियो । उडान भरेको केही मिनेटमै भएको उक्त दुर्घटनामा ‘इन्स्ट्रुमेन्ट फेल्योर’ र पायलटको गल्तीकाभनिएको थियो । यो विमान दुर्घटनामा २१३ यात्री…

झापा जेठ २८ ।। हात्ती छेक्न आफैले लगाएको तारबारमा प्रबाह गरेको करेन्ट मा पारेर झापाको कचनकवलमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । कचनकवल गाउँपालिका ७ बैगुनबारी बस्ने ६५ वर्षीय किर्खनाथ खनालललाई आज बिहान ८:३० बजेआफ्नै बारीमा बाख्रा चराउनदा विद्युत प्रवाह भएको तारमा तारबारमा छुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा प्रहरी टोली गएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

झापा।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भवनको स्तरोन्नति गर्ने भएको छ । बिर्तामोड नगरपालिका १ स्थित गैरीगाउँमा रहेको एक तले भवनको स्तरोन्नति गर्दै आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । जसका लागि प्याव्सन झापाका प्रमुख सल्लाहकार एवम् कोशी प्रदेशका सचिव गौरीमान फागोको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा एलपी उप्रेती, छत्रवहादुर कार्की सहित सचिवालयका अन्य सदस्य रहेका छन् । सचिवालमा हरिकृष्ण पठक, टीआर गौतम, इश्वरा श्रेष्ठ, लक्ष्मीप्रसाद उप्रेती, अमृत कुमार तिम्सिना, जीवन शिवाकोटी , विनोद सुब्बा र नारायण सुवेदी रहेका छन् । समितिले भवन निर्माणको काम तत्कालै शुरु गर्ने जनाइएको…

कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा सम्पन्न भएको छ बिर्तामोड स्थित देवी माविमा सम्पन्न दर्शनीमा बुद्धशान्ति गाउँपालिका वडा नं २ जयपुरको आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । आदर्शका कक्षा ८ मा अध्ययनरत विद्यार्थी अनिश शाहले तयार पारेको ‘अटोमेटिक भोल्टेज कन्ट्रोलर सर्किट’ ले प्रथम स्थान हासिल गरेको हो । उनले नगद चार लाख रुपैयाँ पुरस्कार पाए । प्रदर्शनीमा उनले बनाएको सो सर्किटले धेरै विद्यार्थीलाई झुम्याएको पनि थियो । उनले युट्युब हेरेर सर्किट बनाएको बताएका छन् । उनलाई कक्षा ११ का विज्ञान शिक्षक शिव ढुङ्गेलले सर्किट बनाउन सहयोग गरेका थिए । त्यस्तै, प्रतियोगितामा देवी मावि बिर्तामोड दोस्रो भएको…

काठमाण्डाै।। नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिन बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले एक सूचना जारी गर्दै जेठ २६ देखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो । सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड बन्द हुने समयमा विकल्पका रूपमा सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

झापा । झापाको कमल गाउँपालिका ३ सानो केर्खामा हिजो भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । हिजो साँझ ७ः५५ बजे सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा प्र.१-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकलमा घर विदा पूरा गरी व्यारेकतर्फ जादैगर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका जनाइएको छ। दुर्घटनामा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका ४ बस्ने हाल इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत ४८ वर्षीय पुरनलाल राजंवशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा राति ९ बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले…

काठमाडौं।। सभामुख देवराज घिमिरेले संसदमा जारी गतिरोध अन्त्यका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।सभामुखले सिंहदरवारमा आज बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् । सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए ।संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे । सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने…