बिर्तामोड ।।अर्जुनधारा नगरपालिका वडा नम्बर ९ घोलधापमा दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अर्जुनधारा ९ स्थित नमुना सामुदायिक वनको खेलमैदानमा २०८२ भदौ २७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुनेछ। गोलधाप युवा क्लबको आयोजनामा हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । सो कार्यक्रममा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता तथा अर्जुनधारा नगर खेलकुद विकास समितिका सल्लाहकार वीरबहादुर राईको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगिताको फाइनल असोज ६ गते सम्पन्न हुनेछ । विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३१ हजारसहित ट्रफी, मेडल र…

झापा भाद्र ९ ।। नेपाली नारीहरुको महान चाड हरितालिका तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ। तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट बनेका मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ। महिला यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि…

झापा भदौ ८ ।। रौतहटको गौरमा सुटकेश भित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेश भित्र महिलाको शव भेटिएको हो । शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो । सुटकेसभित्र कोचेर राखेको अवस्थामा शव फेला परेको डीएसपी कार्कीले बताए । महिलाको पहिचान खुलेको छैन । प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाका बारेमा…

निश्चल आचार्य झापा ।। पछिल्ला वर्षहरूमा नेपालमा गायन तथा नृत्यका रियालिटी शोहरू एकपछि अर्को गर्दै आयोजना भइरहेका छन्। नेपाली तारा, नेपाल आइडल , भ्वाइस अफ नेपाल , भ्वाइस अफ किड्स, मेरो भ्वाइस युनिभर्सल , मेरो डान्स युनिभर्स छमछमी जस्ता कार्यक्रमहरूले नयाँ प्रतिभा खोज्ने र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने काम गर्दै आएका छन्। यस्ता प्रतियोगितामा सहभागी प्रतियोगीहरू अहिले सांगीतिक क्षेत्रमा आफ्नो भविष्य निर्माण गरिरहेका छन्। धेरैले यस्ता प्रतियोगितामा विजयी बनेर नाम र दाम दुवै कमाउन सफल भएका छन् भने कति प्रतिस्पर्धीहरु सोही कारण आफ्नो सांगीतिक करियर मात्र नभएर देश नै छोडेर पलायन भएका छन् …

झापा भाद्र ७ ।। आज भाद्र कृष्ण औंशी अर्थात बुबाको मुख हेर्ने दिन प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान्…

झापा ।। नेपाली चलचित्र र म्युजिक भिडियो क्षेत्रमा सक्रिय निर्देशक सरोज अधिकारीले करिब तीन वर्षपछि नयाँ म्युजिक भिडियो 'तन् दिए मन दिए'को म्युजिक भिडियोबाट नेपाली सांगीतिक क्षेत्रमा फर्किएका छन् छन्। सार्वजनिक भएको केही समयमा नै भिडियोले सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया पाउँदै, दर्शक तथा श्रोतामाझ चर्चा कमाउन थालेको छ। यस म्युजिक भिडियोमार्फत करिब चार–पाँच वर्षपछि कलाकार चिरञ्जीवी अधिकारी पनि पुनः दर्शकमाझ फर्किएका छन्। उनीसँगै भूपाल मानसिंह कार्की, भूमिका मिश्र र आर्यन चुडालले म्युजिक भिडियोमा अभिनय गरेका छन्। नयाँ कलाकारहरूको जोडी र प्रस्तुतिलाई दर्शकले रुचाउने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ। निर्देशक अधिकारी पछिल्लो पटक ठूला ब्यानरको फिल्म ‘रावायण’ मा सहायक…

बिर्तामोड भाद्र २ ।। समग्र झापाको इतिहास समेटिएको त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार नामक पुस्तक प्रकाशनमा आउने भएको छ । झापाका पत्रकार एवम् लेखक तीर्थ सिग्देलको आठौं कृतिको रुपमा भदौं दोस्रो सातादेखि यो किताब बजारमा आउन लागेको हो ।किताबमा झापा जिल्ला गठन भएयताको इतिहास समेटिएको र त्यस कालखण्डको जनजीवन, भोगाई र संघर्षका घटनाहरु समावेश गरिएको लेखक सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकमा १९७२ सालमा मोरंग जिल्लाबाट झापा बनेपछिको यो जिल्लाको इतिहास संकलन गरिएको छ भने औलोको प्रकोप, बसाइँसराई र भूमिसुधारसँग सम्बन्धित घटनाहरुका जीवित पात्रहरुका बयान गराइएको छ ।इतिहास बिधाको लेखकको यो तेस्रो पुस्तक हो । यसअघि…

बिर्तामोड भाद्र १ ।। नेपाली गायन रियालिटी शो “मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सल– सिजन २” को फाइनलमा पुग्न सफल भारत सिक्किम निवासी दुई प्रतिस्पर्धीहरू यतिखेर भारत तथा नेपालका विभिन्न सहरहरूमा भोट माग्ने क्रममा रहेका छन्। अहिलेसम्मको धेरै धनराशी पुरस्कार भएको चर्चित रियालिटी शो मेरो भ्वाइस युनिभर्सलमा भारत दार्जिलिङ निवासी दीपराज राई गायनबाट फाइनलमा प्रवेश गरेका छन् भने अमृता राई नृत्य विधाबाट फाइनलमा प्रवेश गरेकी छन्। फाइनलमा आफ्नो प्रस्तुतिसँगै दर्शकको भोट पनि त्यतिकै आवश्यक पर्ने हुनाले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दर्शक महानुभावहरुलाई भोट गर्न अपिल गर्दै उनीहरू यतिबेला देश विदेश दौडाहामा रहेका छन् कार्यक्रमको सिलसिलामै उनीहरू आज…

झापा।। सरकारले ल्याएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।प्याब्सन केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारले ल्याएको विधेयकमा निजी विद्यालयहरुका मागहरु सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । सरकारले ल्याएको शिक्षा विधेयकले निजी विद्यालयमाथि अनावश्यक कडाइ गरेको भन्दै देशव्यापी रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले २९ गते बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्याब्सनको केन्द्रीय कार्य समितिको निर्णयलाई ऐकेवद्धता जनाउँदै प्याब्सन झापाले समेत आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।…

बिर्तामोड साउन २१ ।। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक तथा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । बुधबार एसको बिर्तामोड पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेको सो विषयमा जानकारी दिएको हो । ‘सुशासन र रोजगारी समाजवादको तयारी ’विषयमा टिकटक प्रतियोगिता गर्ने भएको हो । टिकटकमा सहभागीहरूले ३ मिनेटसम्मको भिडियो उत्पादन गरी यही साउन २५ गतेदेखि आगामी भदौ १ गते विहान १० बजेसम्म पार्टीले तोकेको मोवाइल नम्बरमा भिडियो पठाउनु पर्ने छ । पार्टीका जिल्ला अध्यक्ष विपी भट्टराईलेको खुल्ला प्रतियोगिता भएकाले जुनसुकै उमेर समूहका व्यक्तिले भाग लिन पाउने बताए । पार्टीले एप्रुभ गरी भदौ १ गते आफ्नो पेजमा अपलोड गरेपछि…